काठमाडौं । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यूले नेपाली बजारमा विग बाइक भित्र्याएको छ । कम्पनीले विग बाइक सेग्मेन्टमा यामाहा आर ६, टी म्याक्स ५६०, एमटी ०९ र बोल्ट नेपाल भित्र्याएको हो ।
यससँगै कम्पनीले विग बाइक शोरुमसमेत स्थापना गर्ने भएको छ । कम्पनीले शोरुम निमार्णको काम गरिरहेको समेत मेरोअटोलाई जानकारी प्राप्त भएको छ ।
कम्पनीले विग बाइक सेग्मेन्टमा भित्र्याउने मोटरसाइकल उक्त नयाँ शोरुमबाट विक्री गर्नेछ ।

एमएडब्ल्युले नेपाली बजारमा ल्याउन लागेको वाइजेडएफ आर-६ स्पोर्टस ६०० सीसी क्षमताको मोटरसाइकल रहेको छ । त्यस्तै टी-म्याक्स म्याक्सी स्कुटर ५६० सीसी, एमटी ०९ नेकेड ८५० सीसी र बोल्ट ९५० सीसी क्षमताको क्रुजर मोटरसाइकल हो ।
कम्पनीले यामाहा एमटी ०९ को दराज मार्फत विक्री सुरु गरेको छ । कम्पनीले एमटी ०९ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अन्य मोडलको भने केहि समय पश्चात् विक्री सुरु गर्ने जनाएको छ ।
त्यस्तै यामाहाले ल्याउन लागेको अन्य मोडलमा वाइजेडएफ आर-६ को मूल्य ३९ लाख ९९ हजार, टी-म्याक्स ५६० को मूल्य ३४ लाख ९९ हजार र बोल्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

