काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ब्याज नलाग्ने स्कीममा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले मूल्यको ४० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउँदै आएको हो ।
यो स्कीम अन्तर्गत बजाज डोमिनार २५० खरिद गर्दा ग्राहकले २ लाख १९ हजार ९६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो बजाजले हालैमात्र डोमिनारमा घटाइएको मूल्यको ४० प्रतिशत हो ।
कम्पनीले डोमिनारको मूल्य ४५ हजार रुपैयाँले घटाएर ५ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको थियो । यसअघि ५ लाख ९४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
डोमिनार २५० को ४० प्रतिशत डाउन पेमेन्ट पश्चात ग्राहकले १८ महिनामा बाँकी रकम बुझाउँदा ब्याज तिर्नु पर्दैन भने मासिक १८ हजार ३३० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
मासिक किस्ता १८ हजार ३३० रपैयाँ तिर्न नसक्ने ग्राहकले ३० महिनाको मासिक किस्तामा डोमिनार २५० किन्न सक्नेछन् । यो योजनामा भने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट तथा १८ प्रतिशतसम्म ब्याज तिर्नु पर्ने हुन्छ ।
यस्तो छ डोमिनार २५०
यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।

