बीवाइडीको ब्राजिल प्लाण्टबाट उत्पादन सुरू

काठमाडौं । चिनियाँ न्यू इनर्जी अटोमोबाइल कम्पनी बीवाइडीले ब्राजिलबाट उत्पादन सुरू गरेको छ । बीवाइडीको विश्वभर आफ्नो पहुँच विस्तार गर्ने रणनीति अनुसार दक्षिण अमेरिकी देश ब्राजिलमा प्लाण्ट संचालनमा ल्याएको हो ।

कम्पनीले पहिलो उत्पादनको रूपमा मिनी ह्याचब्याक मोडल सिगल रोल आउट गरेको हो ।

बीवाइडीले सन् २०२३ को जुलाइमा ब्राजिलमा १ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले सन् २०२४ को मार्चमा पुरानो फोर्डको प्लाण्ट खरिद गरेको थियो । अहिले उक्त प्लाण्टबाटै उत्पादन सुरू गरेको हो ।

बीवाइडीलाई आइस भेहिकलको उत्पादन प्लाण्ट ईभी प्लाण्टमा परिवर्तन गर्न १६ महिनाको समय लागेको थियो । वार्षिक क्षमता १ लाख ५० हजार युनिट उत्पादन क्षमता रहेको रहेको उक्त प्लाण्टबाट ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड भेहिलकहरू उत्पादन हुनेछ ।

बीवाइडी सन् २०२१ मा ब्राजिलको मोर्केटमा प्रवेश गरेको थियो । ब्राजिलियन बजारमा बीवाइडीको १ लाख ३० हजारभन्दा बढी भेहिकलहरू बिक्री भइसेकेको छ । सन् २०२५ को पहिलो क्वाटरमा बीवाइडीले ब्राजिलमा २० हजार भेहिकल बिक्री गरेको थियो ।

बीवाइडीले हालसम्म ११० देशहरूमा आफ्नो पहुँच विस्तार गरिसकेको छ । कम्पनीले सन् २०२५ को ६ महिनामा ४ लाख ६४ हजार युनिट गाडीहरू विश्व बजारमा निर्यात गरिसकेको छ । कम्पनीले यो वर्षको अन्तर्राष्ट्रिय बिक्रीको ८ लाख युनिटको लक्ष्य सजिलै पार गर्ने देखिएको छ ।


Back_to_top