मोटरसाइकल र स्कुटरलाई चिसोबाट बचाउन गर्नुहोस् यी ५ काम

काठमाडौं । देशभर चिसो बढी रहेको छ । चिसोको असर मानिसलाई जसरी हुन्छ, त्यसैगरी सवारीसाधनलाई पनि हुनेगर्छ । त्यसमा पनि गाडीलाई भन्दा बढी चिसोको असर बाइक तथा स्कुटरहरुमा पर्ने गर्छन् ।

चिसोको कारण मोटरसाइकलको पाइपमा पेट्रोल जम्नेदेखि स्टार्ट गर्न कठिनाई हुनेसम्म गर्छ । त्यो साधन लिएर हिड्नेले भोगेका समस्या हुन् । चिसोको कारण बाइकमा भएको ब्याट्रीमा निकै धेरै समस्या देखापर्छ ।

चीसोको कारण मोटरसाइकल र स्कुटर सेल्फ स्टार्ट त गर्नै नसक्ने अबस्था आउन सक्छ । यस्तोमा केही सावधानी अपनाउने हो भने बाइकलाई चिसोबाट बचाउन सकिन्छ ।

टायर

चिसोको सबैभन्दा बढी असर टायरमा पर्छ । स्पोर्टस रबरले चिसो मौसममा राम्रोसँग काम गर्दैन । १० डिग्रिभन्दा कम तापक्रममा चल्नको लागि सिलिका बेस्ड स्पोर्टस् टूरिङ टायरको प्रयोग गर्नुपर्छ । तापक्रम परिर्वतनसँगै टायरको प्रेसर चेक जाँच गर्ने गर्नुपर्छ । मौसममा परिर्वतनसँगै टायरमा हावाको चाप पनि फरक हुन्छ ।

ब्याट्री

चिसो मौसममा बिभिन्न ल्यूव आयल जम्ने गर्छ । यसको असर बाइकको इन्जिनमा पर्न जान्छ । यसलाई गतिशिल बनाउन ब्याट्रीले काम गर्नु पर्छ । त्यसैले बेला बेलामा ब्याट्रीको पावर चेक गर्नु पर्छ । ब्याट्रीमा १२.६ भोल्ट रिडिङ देखाएको खन्डमा त्यो ब्याट्रीलाई ठिक मान्न सकिन्छ ।

चेन

बाइकको चेनमा तुषारोको असर सबैभन्दा बढी हुन्छ । त्यसैले बेला बखतमा बाइकको चेनलाई सफा गरिराख्नु पर्छ । पानीले पखालेपछि चेनमा चेन आयल वा ग्रीजको प्रयोग गर्नुपर्छ । जसले चेनलाइ स्मुथ बनाउन मद्धत पुर्याउँछ ।

ल्युब आयल

मोटरसाइकलमा जहिलै ओरिजिनल आयलको प्रयोग गर्नुपर्छ । लोकल आयलको प्रयोगले इन्जिनमा छिटै समस्या निम्त्याउन सक्नेछ । जाडो समयमा तुसारोका कारण लोकल मोविलले इन्जिनमा राम्रो सुरक्षा दिन सक्दैन । यस्ता आयलको प्रयोगले इन्जिन छिटै हिट हुने समस्या आउँछ । त्यसैले राम्रो आयलको प्रयोग गर्नुपर्छ ।

मोटरसाइकललाई पुरा छोप्नेगरी कभरले ढाक्ने

मोटरसाइकलको पुरा सुरक्षाको लागि कभरले ढाक्न आवश्यक हुन्छ । चिसो, सित र तुषारोबाट मोटरसाइकलको सबै पार्टसलाई बचाउन राम्रो खाल्को कभर प्रयोग गर्ने गर्नु पर्छ । यसले मोटरसाइकलको इन्जिन, ब्याट्री, चेन लगायतका सबै पार्टसको सुरक्षा गर्छ ।


Back_to_top