टाटा मोटर्सले सच्चायो नेक्सन म्याक्सको मोटर पावर

काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटा मोटर्सले नेपाल आउने नेक्सन म्याक्सको मोटर पावर ५० किलोवाटलाई सच्चाएर ९८.८ किलोवाट बनाएको छ । दुई दिनअघि टाटाको आधारिक वेभसाइटमा नेपाल निर्यात हुने नेक्सन ईभी लङ रेन्ज भर्सन (एलआर) मा ५० किलोवाट आवरको ब्याट्री रहने उल्लेख थियो ।

नेपाली बजारमा निकै सफल टाटा नेक्सन ईभीको नयाँ फेसलिफ्ट मोडल सन् २०२४ को पहिलो क्वाटरसम्ममा आउने बताइन्छ । सिप्रदी ट्रेडिङले आफ्नो सफल मोडललाई निकै आकर्षक मूल्यमा ल्याउने अनुमान गरिएको छ ।

यस्तो छ नयाँ फेसलिफ्ट नेक्सन ईभी

फेसलिफ्ट मोडल ल्याएसँगै टाटाले नेक्सन ईभीको भेरियन्टको नाम पनि परिवर्तन गरेर क्रियटिभ, फियरलेस, इम्पावर्ड राखेको छ । साथै, यसअघि प्राइम र म्याक्समा आउने नेक्सन अब मिड रेन्ज र लङ रेन्ज नामबाट आउने छ ।

नयाँ नेक्सन ईभीको एक्टेरियर कर्भ कन्सेप्टबाट प्रेरित छ । यसको सम्पूर्ण बडी डिजाइनमा परिवर्तन गरिएको छ । अगाडि हुडको वारपार नै एलइडी लाइटबार दिएर अगाडिको फेसिया आक्रमक बनाएको छ ।

फ्यूचरिस्टीक डिजाइनबाट प्रेरित नयाँ नेक्सन ईभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, ट्रापेजोडिया हाउजिङ, यूनिक देखिने लोअर ग्रिल सेक्सनका साथै भर्टिकल स्लाटले निकै उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

प्रोमिनेन्ट प्लास्टीक बार, नयाँ डिजाइनको अलोय ह्वील, रिभाइज्ड फ्रन्ट बम्पर, वाई प्याटनको फुल विथ भएको टेलल्याम्प, हिडन रियर वाइपर, रुफ माउन्टेड स्पोइलर, नयाँ डिजाइनको रियर बम्पर जस्ता फिचरले यसलाई निकै आकर्षक देखाएको छ ।

यसको इन्टेरियर पनि पूर्ण नयाँ रहेको छ । कार्वन फाइबर जस्तो टेक्सचर, सफ्ट टच ड्यासबोर्ड, १२.३ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कस्टुमाइज १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इनुमीनेटेड लोगो सहितको नयाँ टुस्पोक स्टेरिङ ह्वीलले नेक्सनमा ब्यापक परिमार्जन भएको देखाउँछ ।

कम्पनीले यसको ब्याट्री र मोटरमा भने परिवर्तन गरेको छैन । यसको मिड रेन्ज मोडलमा ३० किलोवाट आवर र लङ रेन्ज मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । मोटर साइज पनि पुरानै हो ।

नयाँ नेक्सन ईभीमा सुरक्षाका लागि ६ वटा एयरव्याग, फ्रन्ट पार्किङ सेन्सर, थ्री पोइन्ट सिटबेल्ट, आइएसओ फिक्स एङ्कर, चारै चक्कामा डिस ब्रेक, एचडीसी, एचएसी, इमर्जेन्सी कल असिस्ट जस्ता फिचर छन् ।

टाटा पहिलो पटक नेक्सनमा भीटूएल र भीटुभी फिचर दिएको छ । यसको इलेक्ट्रीक मोटर पनि पहिलाको भन्दा कम तौलको छ । त्यसले रेन्ज बढ्ने कम्पनीको दावी छ ।


Back_to_top