काठमाडौं । कमर्शियल गाडीहरुको बिक्री गर्दै आएको शशिला मोटर्सले विद्युतीय माइक्रोबस भित्राउने भएको छ । कम्पनीले विश्व प्रसिद्ध चिनियाँ ब्राण्ड हाइगरका १४ सिट क्षमताका माइक्रो बसको बुकिङ खोलेको हो ।
यअ अघि कम्पनीले १६ सिटे गाडिको ७२ लाख ९० हजारमा बुकिङ सुरू गरेको थियो ।
विश्वका १३० भन्दा धेरै देशमा हाइगरका उत्पादन उपलब्ध छन् । नेपालमा पनि हाइगरका ठूला कमर्शियल बसहरु बिक्री वितरण हुँदै आएको थियो । अब लाइट कर्मर्शियल सेग्मेन्टका माइक्रोबसहरु शशिला मोटर्सले बिक्री सुरु गरेको हो ।
कम्पनीले १४ सिटे हाइगर एचफाइभसीको सुरूवाती मूल्य ५९ लाख ९० हजार रूपैयाँ तोकिएको छ । कम्पनीले याे माइक्रोबससँगै ७.२ किलोवाटको एसी फास्ट चाजर्र, १ वर्षकाे इन्स्याेरेन्स र स्पेयर टायर समेत दिने जनाएको छ ।
हाइगर माइक्रोबसका विशेषता
हाइगर १४,१५ र १६ सिट क्षमताको इलेक्ट्रीक माइक्रो बस हो । १४ सिटे हाइगरमा यसमा ५०.२३ किलोवाट अवारको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई एक पटकको सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सुरक्षाको लागि कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा डुअल फ्रन्ट एअरब्याग सहितको सुरक्षा फिचर छन् । नेपालमा उपलब्ध इलेक्ट्रीक माइक्रो भ्यान मध्ये एयरब्याग भएको यो पहिलो मोडल पनि हो ।
यसमा यात्रुको सुविधाका लागि प्रत्यक सिटमा एसी भेन्ट सहित उत्कृष्ट आन्तरिक सजावट पाउन सकिन्छ । २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र ७० किलोवाटको मोटर यसको बलियो पक्ष हो । यसमा १६ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।