र्‍याभफोर र आउटल्याण्डर हाइब्रिडमा तपाईको रोजाई कुन ?

काठमाडौं । न्यू इनर्जी भेहिलकको बढ्दो प्रभावसँगै नयाँ नयाँ प्रविधिका गाडीहरु भित्रिरहेका छन् । ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड, हाइड्रोजन फिउल सेल जस्ता ‘न्यू इनर्जी टेक्नोलोजी’का चल्तीका पावर ट्रेन हुन् ।

नेपालमा ब्याट्री इलेक्ट्रीकको बारेमा अटोमोवाइलमा चासो राख्नेहरुलाई बताइरहनु पर्दैन । हाइड्रोजन फिउल सेल नेपालमा भित्रिएको नयाँ प्रविधिको भेहिकल हो । काठमाडौं युनिभर्सिटीले हुन्डाईको नेक्सो हाइड्रोजन फिउल सेल एसयूभी ल्याएर परिक्षण गरिरहेको छ ।

तर, यहाँ चर्चा गर्न खोजिएको दुई गाडी प्लगइन हाइब्रिड र प्योर हाइब्रिड हो । यी दुई प्रविधिले धेरैलाई अन्योल बनाएको देखिन्छ । नेपाली बजारमा धेरै वटा ब्राण्डका हाइब्रिड भेहिकल उपलब्ध छन् । हाइब्रिड भेहिकलमा इन्टरनल कम्बस्चन इन्जिनका साथै इलेक्ट्रीक मोटर पनि हुन्छ ।

इलेक्ट्रीक मोटरलाई पावर दिनका लागि एक सानो साइजको लिथियम आयोन व्याट्री प्याक हुन्छ । जसलाई गाडीको रिजेनेरेटीभ ब्रेकिङ सिस्टमले आफै चार्ज गर्छ । स्ट्रङ हाइब्रिड गाडीमा इलेक्ट्रीक मोटर र आइसीइ इन्जिनले संयुक्त रुपमा वा इलेक्ट्रीक मोटरले मात्रै पनि गाडी गुडाउँछ । यही टेक्नोलोजी टोयोटा र्‍याभफोरमा उपलब्ध छ ।

यसमा एक इन्जिनबाट अर्कोमा चेन्ज आफैँ हुन्छ । चालकलाई थाहै नहुने स्मुद तरिकाले पावर ट्रेन चेन्ज हुन्छ । फलस्वरुप गाडीमा हालिएको पेट्रोलको रेन्ज एकदमै धेरै पाउन सकिन्छ ।

योभन्दा एड्भान्स सिस्टम प्लगइन हाइब्रिड हो । यसमा पनि आइसीइ र इलेक्ट्रीक दुबै मोटर हुन्छ । प्लगइन हाइब्रिडमा हाइभोल्टेज ब्याट्री भने केहि ठूलो साइजको हुन्छ । यसलाई रिजेनरेटिभ सिस्टममले मात्रै पुरा चार्ज गर्न सक्दैन । यसमा रहेको ब्याट्रीलाई बाहिरी बिजुलीमा जोडेर चार्ज गर्नु पर्ने हुन्छ । मित्सुवीसी आउटल्याण्डरमा यहि टेक्नोलोजी पाउन सकिन्छ ।

ठूलो साइजको ब्याट्री भएको हुनाले इलेक्ट्रीक मोटरबाटै सयौ किलोमिटरको रेन्ज पाउन सकिन्छ । दैनिक रुपमा थोरै गाडी गुडाउने चालकले इलेक्ट्रीक सिस्टममा मात्रै चलाए पनि पुग्छ । धेरै गुड्नु परेमा आइसीइ इन्जिनले काम गरिहाल्छ ।

प्रायःजसो सहरी क्षेत्रमा मात्र गाडी चलाउनु पर्ने र कहिले काहिँ लामो हाइवे ट्राभल पनि गर्नु पर्नेहरुका लागि प्लगइन हाइब्रिड एकदमै उपयुक्त प्रविधि हो ।

नेपालमा जापनीज अटोमोवाइल कम्पनीहरु टोयोटा र्‍याभफोर स्ट्रङ हाइब्रिड र मित्सुविसी आउटल्याण्डर प्लगइन हाइब्रिड प्रविधि भएका एसयूभी हुन् । हामीले यी दुई हाइब्रिड टेक्नोलोजी भएका एसयूभी बीच तुलना गरेका छौं ।

डायमेन्सन

टोयोटा र्‍याभफोरको लम्बाई ४६०० एमएम, चौडाई १८५५ एमएम, उचाई १६८५ एमएम तथा २६९० एमएमको ह्वीलवेस रहेको छ । मिडसाइज एसयूभी सेग्मेन्टको यो एसयूभीको ग्राउण्ड क्लियरेन्स १९५ एमएम छ ।

त्यस्तै मित्सुविसी आउटल्याण्डरको लम्बाई ४६९५ एमएम, चौडाई १८०० एमएम, उचाई १७१० एमएम तथा २६७० एमएमको ह्वीलवेस छ । मिडसाइज एसयूभी सेग्मेन्टकै एसयूभी भएकाले यसको ग्राउण्ड क्लियरेन्स पनि १९० एमएमको छ ।

इन्जिन र ब्याट्री

टोयोटा र्‍याभफोरमा २४८७ सीसीको फोर सिलिण्डर हाइब्रिड इन्जिन छ । यो इन्जिनले १८७ ब्रेक हर्सपावर र २२१ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसको इन्धन खपत १५ देखि १९ किलोमिटर प्रतिलिटर छ ।

अलह्वील ड्राइभ एसयूभीमा सीभिटी गियरबक्स छ । इलेक्ट्रीक पावरको लागि फ्रन्ट र रियर एक्सेलमा ८८ किलोवाटको मोटर छ । यसले ११८ ब्रेकहर्स पावर तथा २०२ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यस्तै मित्सुबिसीको आउटल्याण्डरमा २३६० सीसीको फोर सिलिण्डर पेट्रोल इन्जिन छ । यसले १२६ ब्रेक हर्सपावर र १९९ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो इन्जिनले २७ किलोमिटर प्रतिलिटर पेट्रोलको माइलेज दिने कम्पनीको दावी छ ।

आउटल्याण्डरमा अगाडि एक्सलमा ६० किलोवाटको र पछाडि ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । दुईवटा मोटरको संयुक्त पावर १६४ हर्सपावर र ३३२ न्यूटन मिटर टर्क छ ।

टोयोटा र्‍याभफोरमा १८.१ किलोवाटको निकेल मेटल हाइड्राइड ब्याट्री छ, जसले इलेक्ट्रीक मात्रको रेन्ज ७५ किलोमिटरसम्मको दिन्छ । त्यस्तै मित्सुविसी आउटल्याण्डरमा १३.८ किलोवाट आवरको ब्याट्री प्याक छ । जसले इलेक्ट्रीक रेन्ज ५५ किलोमिटरसम्म दिन्छ । दुबै प्लगइन हाइब्रिडमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत भएकाले आफै ब्याट्री रिचार्ज हुन्छ ।

मूल्य

अत्याधुनिक फिचरले भरिपूर्ण दुबै हाइब्रिड एसयूभीहरु नेपालमा उपलब्ध रहेको छ । टोयोटा र्‍याभफोरको १ करोड ९५ लाख मूल्य रहेको छ भने मित्सुबिसी आउटल्याण्डरको मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ ।


Back_to_top