काठमाडौं । बजाज पल्सर एन १६० अहिले निकै राम्रो संख्यामा विक्री भइरहेको मोडल हो । कम्पनीले आफ्नो २५ वर्षे सफलता साटासाट गर्न विभिन्न स्कीम दिएर मोटरसाइकल दिइरहेको छ ।
कम्पनी ल्याएको २५ प्रतिशत डाउन पेमेन्ट स्कीममा एन १६० किन्दा ९६ हजार ७२५ रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्छ । यसको मूल्य ३ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ । साथै, कम्पनीले आफ्नो सफल २५ वर्षको खुसीयाली साट्न स्कीममा मोटरसाइकल किन्ने मध्ये २५ जनालाई १ केजीको दरले चाँदी पनि दिने भएको छ ।
कम्पनीले ल्याएको नयाँ जेनेरेशन पल्सर एन १६० मा युवाको आकर्षण निकै बढेको हो । आकर्षक डिजाइन, मस्कुलर बडी, यूनिक हेडल्याम्प, नयाँ डिजाइनको एग्जस्ट जस्ता फिचरको कारण नयाँ जेनेरेशन पल्सर एन १६०को आकर्षण बढेको हो ।
बजाजले पल्सर एन १६० ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डे टाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की दिएको छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
बजाजले १६० एनमा डबल च्यानल एबीएस पाउन सकिन्छ । दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील मस्कुलर बडी यसको वलियो पक्ष हो ।

