काठमाडौं । बजाज पल्सर एनएस २०० को नयाँ भर्सन टेष्ट ड्राइभ गर्नेले ३० देश भ्रमण गर्ने अबशर पाउने छन् । बजाजको आधिकारीक वितरक एच एच बजाजले उक्त अबशर प्रदान गर्ने भएको हो ।
कम्पनीले बजाज पल्सर बिक्री हुने ३० देश पुगेको अवसरमा यो योजना ल्याएको जनाएको छ । नेपालमा नै एसेम्वल भएको बजाज एनएस २०० एफआई–एबीएसको टेष्ट राइड गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत १६ जना भाग्यशाली बिजेतालाई ३० मध्ये कुनै एक देशको भ्रमणमा लैजाने भएको हो । त्यसका लागि कम्पनीले एक जना विजेता पनि घोषणा गरिसकेको छ ।
साथै, यो मोटरसाइकल टेष्ट राइडगर्दा स्योरसट गिफ्टको समेत व्यबस्था गरेको कम्पनीले जनाएको छ । बजाजको देशैभरि रहेको शोरुममा गएर ग्राहकले बजाज एनएस २०० एफआई– एबीएसको टेष्ट ड्राइभ गर्न सक्ने छन् ।
यस्तो छ एनएस२०० एफआई, एबीएस
यो मोटरसाइकलमा अन्तर्राष्ट्रिय स्पेकको २०० सीसी फ्युल इन्जेक्टेड, एसओएससी फोर भल्भ, लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३।१७ बीएच पावरका साथै १८।३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।
यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाई १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।
यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।
यसको टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ ।
यो मोटरसाइकलको मूल्य ३ लाख ५४ हजार ९सय रहेको छ ।

