नयाँ पल्सर एनएस १६० र २०० मा यूएसडी फर्क

काठमाडौं । बजाज पल्सर एनएस १६० र २०० को नयाँ भर्सनको बिक्री सुरु भएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले यसअघि बुकिङ खुल्ला गरेको अपडेटेड एनएस सिरिजका दुई मोडलको बिक्री सुरु गरेको हो ।

साउन पहिलो हप्तादेखि देशभर नै अपडेटेड पल्सर एनएस सिरिजका दुई मोडल उपलब्ध हुने भएको छ भने अहिले उपत्यका भित्रका डिलरबाट एनएसको नयाँ भर्सन बिक्री सुरु भएको हो ।

कम्पनीले पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेर बिक्री सुरु गरको हो ।

बजाजले दुवै नयाँ मोटरसाइकलको अगाडि ३३ एमएमको यूएसडी फर्क दिइएको छ । यी मोटरसाइकलमा ब्रेक भने एन २५० बाट लिएको हो । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

बजाजले प्रयोग गर्दै आएको बाइब्री क्यालिपरलाई ग्रिमिका क्यालिपरले रिप्लेस गरेको छ । साथै, दुवै मोटरसाइकलमा गियर पोजिशन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील पाउन सकिन्छ ।

बजाज पल्सर एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम १७ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।

त्यस्तै, एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ ।


Back_to_top