स्कोर्पियो एनले बनायो ‘गिनिज वर्ल्ड रेकर्ड’

काठमाडौं । केहि दिनअघि मात्रै नेपालमा बुकिङ सुरु भएको महिन्द्रा एण्ड महिन्द्राको पछिल्लो उत्पादन स्कर्पियो एनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बनाएको हो ।

महिन्द्रा स्कर्पियो एनले अष्ट्रेलियाको सिम्सन डेजर्टमा सबैभन्दा छिटो दुरी पार गरेर आफ्नो अफरोड ड्राइभ क्षमतालाई पुष्टि गर्दै विश्व रेकर्ड बनाएको हो । नेपालमा जस्तै केही दिनअघि मात्रै अष्ट्रेलियाको बजारमा बिक्री सुरु भएको स्कर्पियो एनले करिब ११ सयवटा साना ठूला बालुवाको पहाड रहेको ३८५ किलोमिटर लामो मरुभूमीमा बनेको ट्रेल केबल १३ घण्टामा पार गरेर गिनिज वर्ल्ड रेकर्ड बनाएको हो ।

यो रेकर्डसँगै महिन्द्रा स्कर्पियो एनको फोर ह्वील क्षमता अविश्वसनिय रहेको पुष्टी भयो । करिब ५० डिग्री सेन्टीग्रेट तापक्रम र पुरै बलौटे र ढुङ्गे बाटोमा यसलाई चलाइएको थियो ।

दुई जना ड्राइभर, फोटो ग्राफर र भिडियो ग्राफरसहितको टिमको एड्भेन्चर एक्पिडिसनलाई गिनिज वर्ल्ड रेकर्डले भेरिफाइ गरेको थियो । उक्त रुट समुन्द्री सतहबाट केबल २० मिटरको उचाईमा भएको कारण नुनको फ्ल्याट ल्याण्डसमेत परेको थियो ।

नेपालमा बिक्री सुरु

निकै प्रतिक्षा गरिएको स्कर्पियो एन २.२ लिटर डिजेल इन्जिनमा नेपाल आएको छ । अग्नी इनकर्पोरेट प्रालिले अहिले यसलाई जेड ४ र जेड ८ भेरियन्टमा उपलब्ध गराउने छ । यसको जेड ४ भेरियन्ट म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य ९० लाख रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी जेड ८ भेरियन्ट म्यनुअल र अटोमेटीक गियरबक्समा उपलब्ध हुनेछ । यसको म्यानुअल भेरियन्टको मूल्य १ करोड १४ लाख र अटोमेटीक भेरियन्टको मूल्य १ करोड २४ लाख रुपैयाँ तोकिएको छ ।


Back_to_top