काठमाडौं । मोटरसाइकलको मूल्य लगातार बढ्दै गइरहेको छ । कम्यूटर मोटरसाइकलको मूल्य २ लाख ५० हजारभन्दा कममा पाउनै नसक्ने अवस्था आइसकेको छ ।
यस्तोमा होन्डाले ग्राहकहरुलाई २ लाखदेखि ३ लाखसम्ममा विभिन्न छनोटमा कम्युटर मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
कम्पनील ११० सीसी क्षमतादेखि १५० सीसी क्षमताका तीन मोडलका ६ भेरियन्टमा कम्यूटर मोटरसाइकल विक्री गर्दै आएको छ । होन्डाले बिक्री गर्ने कम्युटर मोटरसाइकलले ६२ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
किफायती, बलियो र संचालन खर्च कम लाग्ने मोटसाइकलको रुपमा होन्डाका मोटरसाइकल परिचित रहेका छन् । साथै, रिसेल भ्यालूमा पनि होन्डा निकै अगाडि छ ।
यस्तोमा होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले बिक्री गर्दै आएको कम मूल्यका ३ मोटरसाइकलका ६ भनेरियन्टको बारेमा हामीले जानकारी दिन खोजेका छौं ।
सीबी युनिर्कन १५०
नेपाली बजारमा निकै सफल भएको होन्डा युनिर्कनमा १४९.२ सीसीको सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १२.७ बीएच पावर तथा १२ एनएम टर्क जनेरेट गर्छ ।

नेपाल आएदेखि नै निकै चर्चा र सफलताको स्वाद चाखेको यूनिकर्न अहिले पनि सडकमा बाक्लै देखिन्छ । अहिले यसको मूल्य नेपाली बजारमा ३ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ ।
सीबी साइन/एसपी
सीबी साइन नेपाली बजारमा १२५ सीसी सेग्मेन्ट लिडर मोटरसाइकल हो । यसमा १२४ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले १०.१६ बीएच पावर तथा १०.३० एनएम टर्क जनेरेट गर्छ ।

स्याकार ट्रेडिङले साइन १२५ को दुई मोडल र विभिन्न ४ भेरियन्ट बिक्री गर्दै आएको छ । सीबी साइन डिआरएसको मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ र सीबी साइन डीएसएसको मूल्य २ लाख ६३ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यस्तै, सीबी साइन एसपी डीआरएको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ रहेको छ भने डीएसएसको मूल्यको २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ ।
सीडी ११० ड्रिम

होन्डाको इन्ट्री लेभल मोडल सीडी ११० ड्रिम १०९.१९ सीसी इन्जिन रहेको मोटरसाइकल हो । उक्त इन्जिलने ७५०० आरपीएममा ८.२५ बीएच पावर तथा ५५०० आरपीएममा ८.६३ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ ।


