पल्सरको मूल्य २ लाख २४ हजारबाट सुरु, यस्तो छ सबै मोडलको छुटपछिकाे मूल्य

काठमाडौं । नेपाली बजारमा सर्वाधिक सफल भारतीय मोटरसाइकल बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । कम्पनीका पल्सर सिरिजका मोटरसाइकल नेपाली बजार लोकप्रिय रहेका छन् ।

पछिल्लो समय हुलास अटोक्राफ्टले नेपालमा नै एसेम्बल गरेर पल्सर मोटरसाइकल बिक्री गर्दै आएको छ । नेपाली सडक सुहाँउदो, सबै वर्ग सुहाउदो, उच्च क्षमता, उचित मूल्य जस्ता कारण बजाज मोटरसाइकलको लोकप्रियता बढ्दै गएको हो ।

हाल कम्पनीले पल्सर सिरिजका सबै मोटरसाइकल नेपालमा नै एसेम्वल गरिरहेको छ । कम्पनीसँग पल्सर सिरिजमा विभिन्न ५ मोडलमा मोटरसाइकल उपलब्ध रहेको छ । यसका साथै कम्पनीले हालै मात्र नयाँ अफर ल्याएकाे छ उक्त अफर अनुसारकाे मूल्य यस प्रकारकाे छ ।

पल्सर १२५

बजाज पल्सर १२५ नेपालको तराई क्षेत्रमा बिक्री भइरहेको छ । काठमाडौमा सार्वजनिक गर्ने तयारीमा रहेको बेला कोरोनाका कारण लकडाउन भए पश्चात यसको बिक्री रोकिएको थियो । लकडाउन पश्चात काठमाडौमा यसको बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।

यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । नयाँ सार्वजनिक अफरपछिकाे मूल्य २ लाख १२ हजार ९ सयमा उपलब्ध हुनेछ ।

पल्सर १५०

नेपालमा सेग्मेन्टर लिडर रहेको बजाज पल्सर १५० को दुई भेरियन्टमा बिक्री भइरहेको छ । यो मोटरसाइलमा १४९.५ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ ।

विगत एक वर्षअघि परिमार्जन भएको बजाज पल्सर १५० टीडी २ लाख ६८ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ । यस्तै बजाज पल्सर १५० क्लासिकको मूल्य २ लाख ५७ हजार ९ सय रहेको छ । पल्सर १५० टीडीकाे नयाँ सार्वजनिक अफरपछिकाे मूल्य २ लाख ५६ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ भने क्लासिकाे मूल्य २ लाख ४५ हजार ९ सय रुपैयाँ पर्नेछ   ।

पल्सर एनएस १६०

बजाज पल्सर एनएस १६० को दुई भेरियन्टमा बिक्री भइरहेको छ । सिगंल च्यानल एबीएस र नन् एबीएस भेरियन्टमा किन्न सकिन्छ । १६० सीसीमा फोरस्ट्रोक आयल-कुल्ड इन्जिन रहेका रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा १५.५ बीएच पावरकासाथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड म्यानूयल गियरबक्स लगाइएको छ ।

एनएस १६० को एबीएसको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ , भने नन् एबीएसको मूल्य २ लाख ८६ हजार ९ सय रुपैयाँ रहेको छ । पल्सर एनएस १६० एबीएसकाे नयाँ सार्वजनिक अफरपछिकाे मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ भने  नन् एबीएसकाे २ लाख ७४ हजार ९ सय रुपैयाँ पर्नेछ   ।

पल्सर २२० एफ

पल्सर २२० नेपाली बजारमा सफल मोटरसाइकल हो । नेपाली बजारमा बजाज पल्सर २२० को २ भेरियन्टमा बिक्री भइरहेको छ । यो मोटरसाइकलको एबीएस र नन् एबीएसगरि दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

पल्सर २२० एफमा ट्विन–पर्ड हेडलाइट, एलईडी टेललाइट, सेमिफेयरिङ डिजाइन, क्लिप अन ह्याण्डलबार जस्ता विशेषता उपलब्ध रहेको छ ।

यसमा रहेको २२० सीसी सिंगल सिलिण्डर, आयाल कुल्ड इन्जिनले २१ बीएच पावर र १९ एनएम टर्क जेनेरेट गर्छ ।

बजाज पल्सर २२० नन् एबीएसको मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने एबीएस भेरियन्टको मूल्य ३ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर २२० एफ एबीएसकाे नयाँ सार्वजनिक अफरपछिकाे मूल्य ३ लाख २० हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ भने नन् एबीएसकाे मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ पर्नेछ   ।

बजाज पल्सर एनएस २००

बजाजले पल्सर एनएस २०० को बिभिन्न ४ भेरियन्टमा बिक्री गर्दै आएको छ ।

मोटरसाइकलमा अन्तर्राष्ट्रिय स्पेकको फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

नेपाली बजारमा सर्बाधिक रुचाइएको एनएस २०० को एबीएस र एफफाई भर्सनले निकै चर्चा पाइरहेको छ । यो पल्सर एनएस २०० सिरिजकै सबैभन्दा महंगो भेरियन्ट हो । यो मोटरसाइकलको मूल्य ३ लाख ५६ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसकाे छुट पछिकाे मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ हुनेछ ।

नेपाली बजारमा एनएस २०० थप तीन भेरियन्टमा उपलब्ध रहेको छ । रेगुलर मोडलको मूल्य ३ लाख १९ हजार ९००, एनएस २०० एफआईको ३ लाख ३४ हजार ९ सय र एनएस २०० एबीएस भर्सनको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ ।

छुट पछिकाे मूल्यमा रेगुलर मोडलको मूल्य ३ लाख ७ हजार ९००, एनएस २०० एफआईको ३ लाख २२ हजार ९ सय र एनएस २०० एबीएस भर्सनको मूल्य ३ लाख २२ हजार ९ सय रुपैयाँ हुनेछ ।


Back_to_top