७ वर्षसम्म परिवर्तन नहुने ७.७७% ब्याजदरमा ‘अटो लोन’

काठमाडौं । चाडपर्व र नाडा अटो शो २०२४ नजिक आएसँगै बैंकहरुले पनि गाडी कर्जा निकै आकर्षक ब्याजदरमा उपलब्ध गराउने भएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमै अटो कर्जा उपलब्ध गराउने भएको हो ।

‘आरबीबी भेहिकल लोन फेस्टिभ अफर’ नाम दिइएको उक्त अटोकर्जा लिने ग्राहकले एक करोड रुपैयाँसम्म लिन सक्नेछन् । सात वर्षसम्मको लागि एउटै ७.७७ प्रतिशत ब्याजदर रहने यो स्कीम आजबाट लागु भएर कार्तिक मसान्तसम्म चालु रहनेछ ।

बैंकको देशभर रहेका जुनसकुै शाखाबाट यो कर्जा सुविधा लिन सकिन्छ । बैंकले विद्युतीय कारमा ८० प्रतिशत र पेट्रोल कारमा ब्यक्तिलाई ५० तथा संस्थालाई ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउने छ । बैंले सेवा शुल्क भने कर्जा रकमको ०.५० प्रतिशत लाग्ने जनाएको छ ।


Back_to_top