काठमाडौं । एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोगंबु स्थित नयाँ सर्भिस सेन्टर यहि भाद्र ५ गतेदेखि संचालनमा आएको छ । सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल विजनेस युनिटका महाप्रबन्धक सावन्त जंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी लगायतको उपस्थिति थियो ।
एक्सप्रेस-टीका प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथन को पनि उपस्थिति थियो । कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुरुप ग्राहकवर्गको सुविधालाई ध्यानमा राखेर नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
एक्सप्रेस टी विद्युतीय ट्याक्सीको सर्भिसिङ्ग तथा चार्जिङ्ग सुविधाहरु सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।
यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा भाद्र ५ गतेदेखि ७ गतेसम्म शुभारम्भ क्याम्प आयोजना गर्न लागेको छ । उक्त क्याम्प अन्तर्गत सर्भिसिङ्ग गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा १८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालकहरुले मन पराएका छन् । नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको कम्पनीको दावी हो ।