काठमाडौं । भदौ ११ गतेदेखि हुने नाडा अटो शो २०२४ मा टीभीएसले ४ नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले रेडर १२५, रेडिअन, एनटर्क १२५ को नयाँ भर्सन र रोनीनको नयाँ कलर सार्वजनिक गर्ने भएको हो ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले रेडर र रेडिअनको बीएस ६ तथा एनटर्क डिस्क भर्सनमा एफआई र रोनिनको नयाँ कलस सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले नाडा अटो शो २०२४ मा सार्वजनिक गर्ने रेडर १२५ बीएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ, रेडिअन बीएस ६ को २ लाख ७० हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, एनटर्क १२५ को डिस्क एफआई भेरियन्टको मूल्य २ लाख ७५ हजार रुपैयाँ निर्धारण गर्ने अनुमान गरिएको छ ।
कलर अपडेटका साथ सार्वजनिक गर्ने तयारी भइरहेको टीभीएस रोनीनको मूल्य भने यथावत नै हुने अनुमान गर्न सकिन्छ । हाल नेपाली बजारमा उपलब्ध रोनीनको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

