नेपाल आइपुगे दुई प्रिमियम एसयूभी

काठमाडौं । नाडा अटो शो २०२४ मा प्रदर्शनी गर्ने तयारी भइरहेका लिप मोटर्सको सी-१० र जिकर एक्स नेपाल आइपुगेका छन् । यी दुबै एसयूभीको आधिकारीक बिक्री भने आगामी मंगलबारबाट हुन लागेको अटो शोमार्फत हुनेछ ।

चिनियाँ अटोमोवाइल कम्पनी जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरको एक्स मोडल रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई भेरियन्टमा नेपाल आएको हो । लिप मोटर्सको सी-१० भने रियर ह्वील ड्राइभ सिस्टममा मात्रै उपलब्ध हुनेछ ।

लिप मोटर्सको आधिकारीक बिक्रेता गोल्छा अर्गनाइजेशन अन्तर्गतको साँग्रिला मोटर्स नियुक्त भएको हो । जबकी जिकरलाई सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको हो ।

यी दुई एसयूभीमा धेरै फिचरहरु फरक छन् । लिप सी-१० मा १७० किलोवाटको मोटर छ भने जिकर एक्समा २०० किलोवाट र ३१५ किलोवाट क्षमताको दुई फरक मोटर उपलब्ध छ ।

मूल्यमा पनि निकै अन्तर रहने अनुमान गरिएको छ । लिप मोटर्सको सी-१० लाख ७० लाखभन्दा कममा किन्न पाइने अनुमान गरिएको छ । तर, जिकरको सुरुवाती मूल्य ९० लाख हाराहारी पर्नेछ ।


Back_to_top