काठमाडौं । सुजुकी भिस्ट्रोम २५० नाडा अटो शोमा आउने पक्का भएको छ । कम्पनीले नयाँ मूल्यसूची प्रकाशित गर्दै भिस्ट्रोम सहित अन्य मोडलको मूल्य सार्वजनिक गरेसँगै भिस्ट्रोम नेपाल आउने पक्का भएको हो ।
कम्पनीले लामो समयदेखि नेपाली बजारमा भिस्ट्रोम २५० एड्भेन्चर सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।
कम्पनीले भदौ ११ गतेदेखि आयोजना हुने नाडा अटो शो २०२४ मा भिस्ट्रोम २५० एड्भेन्चर सार्वजनिक गर्नेछ ।
कम्पनीले बहुप्रतिक्षित एड्भेन्चरको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको । त्यस्तै, सुजुकी जिक्सर २५० एसफको मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ, जिक्सर २५० को मूल्य ६ लाख ३५ हजार रुपैयाँ, जिक्सर १५० को ३ लाख ८९ हजार ९०० रुपैयाँ र इन्ट्रुडर १५० को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
त्यसैगरि, जिक्सर एसएफ १५० को मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ, हायातेको २ लाख २३ हजार ९०० रुपैयाँ निर्धारण गरिएको नयाँ मूल्यसूचीमा उल्लेख छ ।
यसका साथै स्कुटर तर्फ सुजुकी वर्गम्यान १२५ बीएस ६ को मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ, एसेस १२५ बीएस ६ को २ लाख ६५ हजार ९०० रुपैयाँ र एभेनिस १२५ बीएस ६ को मूल्य ३ लाख २ हजार ९०० रुपैयाँ तोकिएको छ ।

