पुरानासँग रोयल इनफिल्डको नयाँ मोटरसाइकल साट्न सकिने, यस्ता छन बिशेष अफर

काठमाडौं । रोयल इनफिल्डले एक्सचेन्ज मेला संचालनमा ल्याएको छ । कम्पनीले चैत १५ गतेदेखि १७ गतेसम्म तीनदिनका लागि संचालनमा ल्याएको हो ।

कम्नपीले ल्याएको एक्सचेन्ज मेलामा ग्राहकले रोयल इनफिल्डका मोटरसाइकलमा १५ हजार बराबरको सुबिधा प्राप्त गर्नेछन ।

रोयल इनफिल्डको लागी आधिकारिक विक्रेता अल्फा अटोमोटिभले ल्याएको यो एक्सचेन्ज मोलामा स्पट एक्सचेन्ज, स्पट फाइनान्स तथा उत्कृष्ट मूल्याङ्कन जस्ता सुविधा उपलब्ध रहेको छ ।

ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग रोयल इनफिल्डका नयाँ मोटरसाइकल एक्सचेन्ज गर्न सक्नेछन । कालो रगंको क्लासिक ३५० खरिद गर्दा विशेष अफर अन्तर्गत १५ हजार मूल्य बराबरको मोटरसाइकल एशोसरिजहररु निशुल्क प्राप्त गर्नेछन ।

यो एक्सचेन्ज मेला रोयल इनफिल्डको नेपालभर रहेको शोरूम र डिलर पोइन्टहरुमा संचालनमा रहेको छ ।


Back_to_top