नआतिनुस् यसरी पुनः प्रयोग गर्न सकिन्छ इलेक्ट्रीक सवारीसाधनको ब्याट्री

तपाईं हामी सबैको मनमा आउँछ कि इलेक्ट्रीक कारहरूमा प्रयोग भएको ब्याट्रीको लाइफ सकिएपछि कहाँ जानेछ ? इलेक्ट्रीक भेइकल्स टेक्नलोजीले विश्वलाई इमिसन फ्रि गाडीहरू दिए तापनि लाइफ सकिएका ब्याट्रीहरूको व्यवस्थापन गर्न नसक्ने हो भने विश्व वातावरणलाई झनै प्रदूषित बनाउने पक्का छ । 

यो वर्षमा मात्र ५५ हजार गाडीका ब्याट्री प्याकहरू रिटायर्ड भएका छन् भने २०२५ सम्ममा ३४ लाख ब्याट्री प्याकहरू गाडीहरूबाट रिटायर्ड भइसक्नेछन् । 

ब्याट्रीमा प्रयोग भएको रसाइनले यसको लाइफपछिको व्यवस्थापन गर्न ठूलो चुनौती अटो उत्पादकमा थपेको छ । न त यसलाई जलाउन मिल्छ न त जमिनमुनि गाड्नु नै उपयुक्त हुन्छ । यसको पुनः प्रयोगको उपाए पत्ता लगाउन हतार भइसकेको छ । 

यो वर्षमा मात्र ५५ हजार गाडीका ब्याट्री प्याकहरू रिटायर्ड भएका छन् भने २०२५ सम्ममा ३४ लाख ब्याट्री प्याकहरू गाडीहरूबाट रिटायर्ड भइसक्नेछन् । साथै, हरेक वर्ष यो संख्या धेरै गुनाले बढ्दै जाने निश्चित छ ।

चाइना जहाँ विश्वका आधाभन्दा बढी इलेक्ट्रीक गाडीहरू उत्पादन र बिक्री हुन्छ, त्यहाँको सरकारले नयाँ नियम यही अगस्टदेखि लागू गर्दैछ । यो नियमले उत्पादक र बिक्रेतालाई प्रयोगपछिको ब्याट्रीको व्यवस्थापनको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने भनेको छ । तर, सो ब्याट्रीहरू जमिनमा गाड्न भने पाइनेछैन । यूरोपियन युनियनले पनि ब्याट्री व्यवस्थापनसम्बन्धी नियम बनाइसकेको छ । अब अमेरिकाको कम्पनीहरूले पनि यो नियम फलो गर्ने नै छन् । 

टोयोटा, जनरल मोटर्स, बीएमडब्लू र बीवाईडीजस्ता कम्पनीहरूले यस्ता ब्याट्री प्याकबाट रिन्यूयवल इनर्जीको स्टोरेज बनाउने प्रविधिको विकास गरिरहेका छन् ।

इलेक्ट्रीक गाडीहरूमा प्रयोग भइरहेको लिथिएम आयोन ब्याट्रीको व्यवस्थापनमा भने केही उपायहरू पत्ता लागेको छ । कम्पनीहरूले यसको दोस्रो लाइफको परिकल्पना गरेका छन्, अझ गाडीमा प्रयोग भइसकेको ब्याट्रीबाट दास्रो व्यवसाय गर्ने योजनासमेत बनेका छन् । यसबाट रेभेन्यूको नयाँ स्रोत बढ्नेमा कम्पनीहरू निकै आशावादी देखिएका छन् । 

टोयोटा, जनरल मोटर्स, बीएमडब्लू र बीवाईडीजस्ता कम्पनीहरूले यस्ता ब्याट्री प्याकबाट रिन्यूयवल इनर्जीको स्टोरेज बनाउने प्रविधिको विकास गरिरहेका छन् । यस्ता व्याट्री प्याकले चाँडै नै जापानको सेभेन इलाभेन स्टोरको वियर चिस्साउनेछ वा क्यालिफोर्नियाको कार चार्जिङ स्टेसनमा पावर दिनेछ अथवा युरोपका घरहरू तथा नेशनल ग्रीडमा पावर स्टोरेजको काम गर्नेछ । 

सबै कम्पनीहरू लिथियम आयोन ब्याट्रीको पुनः प्रयोगको पछाडि लागे तापनि अमेरिकी इलेक्ट्रीक कार कम्पनी टेस्ला भने यो दौडमा नरहेको बुझिएको छ । टेस्लाले १०–१५ वर्षपछि यी ब्याट्रीहरूले काम नदिने बताउँदै यसको कच्चापदार्थको रिकभर गरी पुनर्निर्माण गर्नपट्टि उनीहरू लागिरहेको छन् । ब्याट्रीको पुनः प्रयोगबाट आउने रेभेन्यू एकदमै स्लो हुने भएकोले टेस्लाले यसको कोबाल्टजस्ता मेटेरियलहरू एक्सट्रयाक गरेर नयाँ ब्याट्री बनाउन अनुसन्धान गरिरहेको छ । 

लिथिएम आयोन ब्याट्री जुन इलेक्ट्रीक भेइकलमा प्रयोग गरेर निकालिन्छ, त्यसलाई अझै अर्को एक दशकसम्म पावर स्टोरेजका लागि प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको छ । यसको सेल्फ लाइफले विश्व अटो इन्डष्ट्री र वातावरणमा आउन सक्ने ठूलो समस्यालाई न्यूनीकरण गरेको छ । 

यसको प्रयोग सोलार प्यानल वा विण्ड टर्वाइनबाट जेनेरेट भएको बिजुली स्टोर गर्न वा कम खरिद दर भएको बेलामा विद्युत् प्राधिकरणजस्तो संस्थाले ग्रीडमा रहेको बिजुली स्टोरेज गर्नसमेत प्रयोग गर्न सक्नेछन् ।

रेनो ईभीका प्रोग्राम मेनेजर सेसीले सोवालेकाअनुसार यो गोलाकार इकोनोमी पछाडिको लजिक भनेको इलेक्ट्रीक भेइकलबाट आउने ब्याट्री प्याक विश्वको इनर्जी स्टोरेजको प्रमुख साधन हुनेछ भन्ने नै हो । विश्वमा ब्याट्री स्टोरेजमा कम्पनीहरूको ५४८ विलियन डलर लगानी गर्ने योजना रहेको छ । 

गाडीमा रहेको ब्याट्रीहरूको प्रयोगअनुसार कार्यक्षमतामा विस्तारै ह्रास आउँछ । ब्याट्रीको चार्ज साइकलको हिसाबले व्यक्तिगत घरायसी कारहरूको ब्याट्रीको बदली ७–८ वर्ष वा दशकपछि हुनसक्छ भने धेरै चल्ने प्यासेञ्जर बस वा ट्याक्सीहरूको चार वर्षमा यसलाई परिवर्तन गर्नुपर्ने हुन्छ । 

यस्ता परिवर्तित ब्याट्रीहरूले फेरि गाडी चलाउन सक्दैन, तर यी ब्याट्रीहरू कम पावर माग हुने कार्यहरूमा उपयुक्त हुनेछ । यसको प्रयोग सोलार प्यानल वा विण्ड टर्वाइनबाट जेनेरेट भएको बिजुली स्टोर गर्न वा कम खरिद दर भएको बेलामा विद्युत् प्राधिकरण जस्तो संस्थाले ग्रीडमा रहेको बिजुली स्टोरेज गर्नसमेत प्रयोग गर्न सक्नेछन् । ब्लुमबर्गबाट


Back_to_top