४८ बीएच पावर बढी दिने नयाँ इन्जिनमा ‘रेनो डस्टर’

अटो एक्स्पो २०२० मा रेनोले टर्बो इन्जिन युक्त ‘रेनो डस्टर’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको १.३ लिटर टर्बो पेट्रोल इन्जिन युक्त डस्टर अटो एक्स्पो सकिए लगत्तै भारतमा बिक्री सुरु हुने जनाइएको छ ।

भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध रहने छ । यसमा दिइएको नयाँ इन्जिनले १५३ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ । रेनो डस्टर रेगुलर मोडलको तुलनामा अब आउने नयाँ डस्टरले ४८ बीएच पावर बढी प्रदान गर्नेछ । रेगुलर मोडल डस्टरको इन्जिनले १०५ बीएच पावर प्रदान गर्दै आएको छ ।

नयाँ इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ । साथै, नयाँ डस्टरमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, पुश बटम स्टार्ट/स्टप, अटोमेटिक एसी, क्याविन प्रिकुल अप्सन, क्रुज कन्ट्रोल, ड्यूल फ्रन्ट एयरव्याग, इलेक्ट्रोनिक्स स्टेविलिटी, हिल स्टार्ट असिस्ट, रिर्भस पार्किङ क्यामेरा, एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

एलइडी टेल ल्याम्पको साथ आएको नयाँ डस्टरमा १७ इन्चको अलोय ह्वील रहेको छ भने अगाडिको ग्रिलमा केही परिमार्जन गरिएको छ ।


Back_to_top