कस्तो आउला रेनो किगर, अक्टोबरबाट बजारमा आउने

काठमाडौं । रेनोले ल्याउन लागेको ‘किगर’ सव फोर मिटर एसयूभीको विभिन्न चरणमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आइरहेको छ । रेनोले भारतीय बजारमा आक्रमक बजार बिस्तार गर्ने उद्देश्यले ल्याउन लागेको किगर निकै फिचर प्याक रहने अनुमान गरिएको छ ।

क्वीड, डस्टर र ट्राइबर जस्ता मोडलको सफलतापछि कम्पनीले ल्याउन लागेको ‘किगर’ कस्तो आउला भन्ने कौतुहलता फ्रेन्च अटो कम्पनीका ग्राहक र सुभेच्छुकहरुमा हुनु स्वभाविक हो ।

यसको ग्रिल निकै आकर्षक रहने छ । ग्रिलको साथमा दिइएको डे टाइम रनिङ लाइट, ग्रिलभन्दा तल्लो भागमा दिइएको हेडल्याम्प निकै आकर्षक रहने अनुमान गरिएको छ । यसमा सि सेप टेलल्याम्प दिइएको अनुमान गर्न सकिन्छ । नयाँ किगर सव फोर मिटर एसयूभीमा धेरै आकर्षक एक्टेरियर पाउन सकिने छ ।

इन्टेरियरमा केही फिचरहरु ट्राइबरबाट लिएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यसमा ८.० इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम दिइने छ । इन्फोटेन्टमेन्टको तल्लो भागमा एसी भेन्टहरु दिइएको तस्विर बाहिर आएको छ । यसमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचरहरु रहेका छन् ।

रेनोको सिएमएफए–ए–प्लस प्ल्याटफर्ममा यसको उत्पादन हुने छ । यस प्ल्याटफर्ममा बनेका गाडीहरुमा आकर्षक स्पेश पाउन सकिन्छ ।

रेनो किगरमा दुई इन्जिन अप्सन उपलब्ध रहने छ । पहिलो १.० लिटर टर्बो चार्ज्ड इन्जिन रहन्छ । उक्त इन्जिनले ९५ हर्स पावर प्रदान गर्ने छ । साथै १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिन दिने छ । यसमा म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ ।

किगरलाई कम्पनीले आगामी अक्टोबरसम्ममा भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।


Back_to_top