हुन्डाई आई २० एक्टीभमा यस्तो छ नगद छुट, थाहा पाउनुहोस् मासिक किस्ता

काठमाडौं । हुन्डाई मोटर्सको उत्पादन आई २० एक्टीभ नेपाली बजारमा सर्वाधिक बिक्री हुने क्रसओभर कार हो । हुन्डाईको यो कार नेपाली सडकमा निकै सफल मोडलको रुपमा परिचित रहेको छ ।

झट्ट हेर्दा एसयूभी जस्तो देखिने यो कार निकै आकर्षक डिजाइन र प्रिमियम फिचरले भरिएको कार हो । नेपालमा यसको एउटा मात्रै मोडल बिक्री वितरण भइरहेको छ । कम्पनीले ल्याएको कोभिड १९ पछिको अफरमा यो कार किन्नेले १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले यसको मूल्य ३८ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ । यसमा १ लाख ५० हजार रुपैयाँ छुट हुने भएकाले ग्राहकले ३७ लाख ४६ हजार रुपैयाँमा आई २० एक्टीभ खरिद गर्न सक्ने छन् ।

यसका अलावा ग्राहकले एक वर्षको बीमा शुल्क र एक वर्षको सडक दस्तुर पनि तिर्नु पर्ने छैन । यदि यो गाडी अहिलेको अफरमा डक्टर वा नर्सहरुले किन्ने हो भने थप २५ हजार रुपैयाँ वरावरको सर्भिस भौचर प्राप्त गर्न सक्ने छन् । उक्त भौचर वापतको रकम ३ वर्ष भित्र सर्भिस गर्दा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसलाई ५० प्रतिशत रकम कर्जा लिएर खरिद गर्न चाहने ग्राहकले तिर्नु पर्ने मासिक किस्ता थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ आई २० एक्टीभ

११९७ सीसी क्षमताको पेट्रोल इन्जिन रहेको आई २० एक्टीभले १७ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८२ बीएच पावर र ४००० अरापीएममा ११४ एनएम टर्क प्रदान गर्ने छ ।

५ जनाले सहजै यात्रा गर्न सक्ने यो क्रसओभर कारमा ४० लिटरको इन्धन ट्याङ्की दिइएको छ भने, २८५ लिटरको बुट स्पेश उपलब्ध रहेको छ ।

मल्टी फङ्गसन स्टेरिङ ह्वील, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील, एबीएस, इबीडी, सिट बेलट रिमाइयन्डर, फगल्याम्प, पावर विन्डो, एयरव्याग, एसी जस्ता विशेषता उपलब्ध रहेको छ ।


Back_to_top