काठमाडौं । विभिन्न कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा स्कीम दिइरहेका छन् । कम्पनीहरुले दिएको स्कीममा नगद छुट, एक्सचेन्ज बोनसदेखि स्क्र्याच कार्डबाट नगद छुटसम्म दिइरहेका छन् ।
रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनोसँग खुशियाली’ नामक स्कीम दिइरहेको छ । यो स्कीममा काइगर एसयूभी किन्ने ग्राहकले मासिक २६ हजार किस्ता तिर्नेगरी गरिदगर्न सक्ने छन् ।
रेनोले सब फोर मिटर एसयूभी काइगरको इन्ट्री भेरियन्टको मूल्य २९ लाख ९९ हजार तोकेर विक्री गर्दै आएको छ । कम्पनीले ल्याएको स्कीम अन्तर्गत कम्तीमा ५० हजार नगद छुट हुने भएकोले ग्राहकले डाउन पेमेन्ट बापत १४ लाख ७४ हजार ५०० र त्यति नै बरारबको रकम कर्जा सुविधा लिन सक्ने छन् ।
अहिले बजारमा कर्जाको ब्याजदर महंगो भएपनि १२ प्रतिशत हाराहारीमा केही बैंकहरुले गाडी कर्जा उपलब्ध गराएका छन् । यसरी ७ वर्षको लागि कर्जा सुविधा लिँदा ग्राहकले २६ हजार किस्ता तिर्नु पर्ने हुन्छ ।

रेनो काइगरको धेरै भेरियन्ट विभिन्न ५ भेरियन्ट, दुई गियरबक्स र दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प ड्यूल टोन ड्यासबोर्ड पाउन सकिन्छ ।

कम्पनीले यसको माथिल्ला भेरियन्टमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर दिएको छ ।
काइगरमा कम्पनीले १.० लिटर नेचुरल्ली एस्पीरेडेड र १.० लिटर टर्बो इन्जिन उपलब्ध छ ।


