धेरै देशमा सुरक्षा दिइरहेको जुझारु योद्धा ‘शेर्पा’

‘शेर्पा’ निकै दमदार, बलियो, सुरक्षीत र आर्कषक रहेको छ । विश्वका धेरै देशले आफ्नो सुरक्षा गस्तिमा शेर्पाको प्रयोग गर्ने गरेका छन् । यो शेर्पा कुनै मानिस नभएर रेनो कम्पनीले उत्पादन गरेको सुरक्षा निकायले प्रयोग गर्ने एसयूभी हो । 

भारतको श्रीनगरमा आतंकवादी संगठनमाथि हमला गर्ने क्रममा सेनाले पहिलोपटक बुलेट प्रुफ शेर्पाको प्रयोग गरेको थियो । अहिले भारतमा यसलाई ‘सेर’को नामले चिनिन थालेको छ । 

भारतमा यसको प्रयोग दिल्ली एयरपोर्टदेखि बम्बाई एयरपोर्टसम्म गरिएको छ । सीआईएसएफले शेर्पा गाडीलाई दिल्ली एयरपोर्टमा समेत राखेको छ । यसका अलवा राष्ट्रिय सुरक्षा गार्ड एनएसजीले समेत यो गाडीको प्रयोग गर्दैआएको छ । 

हाल, मुम्बईको सडकमा शेर्पा गाडीसहित गस्ति गरिरहेका सुरक्षा गार्डहरू देख्न सकिन्छ । शेर्पामा एन्टी हाइजेकिङ्ग ह्वील र बुलेट पु्रफ सिसा लगाइएको छ भने यसमा लगाइएको ३६० डिग्रीको क्यामेराले वरपरको दृश्यलाई कैद गर्न सक्छ । जसको फुजेट गाडीभित्र सहज देख्न सकिन्छ । 

तुरुन्त पकड्न सक्छ, १२० किलोमिटरको रफ्तार 

ग्राउन्ड क्लियरेन्स उत्कृष्ट हुनुकासाथै अफरोड, पानी, फोहोरलगायतका स्थानमा समेत यसले राम्रो स्पीड पकड्न सक्छ । आपत्कालीन अवस्थामा शेर्पालाई १०० देखि १२० किलोमिटरको रफ्तारमा चलाउन सकिन्छ । 

सबै क्षेत्रमा प्रयोग गर्न सकिन्छ, शेर्पा


अटो एक्सपर्टहरूकाअनुसार सामान्य गाडी गुड्न नक्सने स्थानमा समेत यसलाई सहजै चलाउन सकिन्छ । यसमा लगाइएको विशेष लाइट्सले रातमा अपरेशन गर्न मद्दत पुर्याउने हुँदा सुरक्षा निकायको रोजाइमा शेर्पा पर्ने गरेको छ । 

यस गाडीमा ड्राइभरसहित चारजना बस्न सकिन्छ । यसको ढोकामा बन्दुकको नली राख्नका लागि छुटट्ै स्थान बनाइएको छ । 

यस्तो छ शेर्पा

फ्रान्सको प्रमुख मोटर कम्पनी रेनोको उत्कृष्ट एसयूभी रेनो शेर्पा दुनियाँको दमदार एसयूभीहरूमा प्रमुख पङ्तीमा रहेको छ । शेर्पा जाति विश्वमा साहसिक कार्यका लागि प्रशिद्ध छन् । उनीहरू टफ हुन्छन्, जस्तोसुकै परिस्थिति र वातावरणमा पनि काम गर्न सक्ने तथा विशाल हिमाल आरोहण गर्न सक्नेखालका हुन्छन् । भनिन्छ, अक्सिजनबिना हिमाल चढ्न सकिन्छ, तर शेर्पाको सहयोगबिना असम्भव हुन्छ । 

त्यसैले रेनो शेर्पालाई पनि १० केजीसम्मको विष्फोटनले केही नहुने किसिमले मजबुद बनाइएको छ । सुरुमा रेनो शेर्पालाई मिलिटरी भेइकलको रुपमा बजारीकरण गरिएको थियो । तर, अब रसिया, अफ्रिका तथा मध्य–एसियन देशहरूमा सामान्य नागरिकरुलाई पनि यो एसयूभी उपलब्ध छ । नेपालमा पनि रेनोका गाडीहरू उपलब्ध रहेका छन् । एड्भान्स अटोमोवाइलले नेपालमा रेनोका गाडीहरू बिक्री–वितरण गरिरहेको छ, त, नेपालमा शेर्पा मोडलको आयात गरिएको छैन ।


Back_to_top