एक महिना भित्र कलंकी नागढुंगा सडक बनाउः मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आगामी एक महिना भित्र  कलंकी नागढुंगा सडक खण्ड सम्पन्न नगरे ठेकेदारसँग गरेको सम्झौता तोड्ने बताएका छन् ।

शनिबार सडक बिभाग र ठेकेदार कम्पनीका प्रतिनिधिसहित अनुगमनमा पुगेका मन्त्री महासेठले सडकको चौडाइ घटाएरै भए पनि यात्रु र यातायात सहज बनाउने दाबी गरे । 

झन्डै ६ किलोमिटर सडक बनाउन ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनले चार बर्ष बिताउदा जम्मा ४० प्रतिसतमात्र काम पुरा गरेको छ । यही सडक खण्डमा पर्ने दुई पुलको हालसम्म टेन्डरसमेत हुन सकेको छैन । 

मन्त्रीसँगै अनुगमनमा पुगेका ठेकेदार सैलुङ कम्पनीका प्रतिनिधि नबराज सुबेदीले मन्त्रीले भनेजस्तो एक भित्र सडक सुधार असम्भब रहेको बताएका थिए । 

अनुगमनमा सँगै रहेका प्रदेश सांसद रमा आलेमगरले राजधानी भित्रिने र बहिरिने प्रमुख नाका प्रति सरकार र ठेकेदारको लापरबाहिले आम जनताले दुःख पाएको प्रसँग निकाल्दै जतिसक्दो चाँडो सम्पूर्ण समस्याको हल निकाल्न अनुगमन टोलिलाई सुझाब दिएकी थिइन् ।


Back_to_top