कस्तो आउला रेनो क्विडको फेसलिफ्ट, यस्तो छ तयारी

रेनोले सबैभन्दा सस्तो अटोमेटिक कार उत्पादन गरेर भारतीय बजारमा प्रबेश गरेको थियो । भारतीय बजारमा डस्टरले निकै ठुलो सफलता पाएसँगै बजारमा ल्याएको सस्तो कार क्विडले भारतीय बजारमा रेनोको उपस्थितिलाई निकै बलियो बनाएको थियो । 

यो कार भारतीय बजारमा आएको ४ बर्षभन्दा बढी समय भइसकेको छ । त्यसैले क्विड मनपराउने मानिसहरु अब यसको फेलिफ्ट कहिले आउने छ भनेर कुर्न थालेका छन् । 

भारतीय मिडियाहरुका अनुसार रेनो क्विडको फेसलिफ्टको लागि कम्पनी जुटिसकेको छ । भारतीय बजारमा सबैभन्दा धेरै बिक्री हुने क्विडको नयाँ भर्सन २०१९ को सुरुवातसम्ममा आउने अनुमान गरिएको छ ।

कम्पनीले नयाँ फेसलिफ्टमा पुरानो भन्दा निकै आर्कषक लुक्स दिन लागेको अनुमान गरिएको छ । यसमा दिइएको नयाँ फ्रन्टलुक्स, हेड ल्याम्प र टेलल्याम्पले कारलाई निकै आर्कषक बनाएको छ । 

अहिले क्विडको दिल्लीमा एक्स शोरुम मूल्य २ लाख ६५ हजार देखि ४ लाख ३१ हजारसम्म रहेको छ । यसमा ८०० सीसी र १००० सीसी क्षमताको इन्जिनहरु दिइएको छ । ८०० सीसी पेट्रोल इन्जिनले ५४ पीएस पावर र ७२ एनएम टर्क उत्पादन गर्छ । 

त्यसैगरी १००० सीसीको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन हुन्छ । यो कारले २५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यो कारको बजारमा मारुति अल्टो, टाटा टियागो र डाट्सन रेडी गोसँग प्रतिस्पर्धा भइरहेको छ । 

नेपाली बजारमा एड्भान्स अटोमोवाइलले बिक्री वितरण गर्दै आएको यो कारको उपस्थिति राम्रो रहेको पाईन्छ । 


Back_to_top