काठमाडौं । फ्रान्सेली अटोमोबाइल्स कम्पनी रेनोको ट्राइबर नाडा अटो शोमा प्रदर्शनी गरेको छ । उक्त गाडी भारतमा भने आज सार्वजनिक गरिएको छ ।
नेपालमा कम्पनीको आधिकारीक वितरक एड्भान्स अटो मोवाइलले ट्राइबर ल्याएको हो तर, भारतमा सार्वजनिक नभएकाले नेपालमा यसको मूल्य निर्धारण भएको थिएन ।
भारतीय बजारमा आज सार्वजनिक भएको ट्राइबरको सुरुवाति मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
‘अबको ५ दिनमा नेपाली बजारमा ट्राइबरको मूल्य निर्धारण हुनेछ’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले यसको मूल्य २३ लाखदेखि २८ लाखको भित्र ल्याउने हामीले अनुमान गरेका छौं ।
पाँच सिटर अप्सनमा नेपालमा उपलब्ध हुने ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन सहित बजारमा आउने छ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ ।
उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटर भन्दा कम बताइएको छ ।
यसलाई एलबीए कोड नेम दिइएर उत्पादन गरिएको हो । सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेस्ट ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । सो कार इन्ट्रिलेभल ह्याचब्याक क्वीडमा आधारित हुनेछ ।
यस्तो छ भारतमा मूल्य


