अटो शोमा टीभीएसले ल्यायो रेडोन, ६९ किमि माइलेज, यस्तो छ मूल्य

काठमाडौं । टीभीएसको लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा रेडोन ११० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य १ लाख ७९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसमा उपलब्ध १०९.७ सीसी फोर स्ट्रोक डुरालाइफ इन्जिनले ७ हजार आरपीएममा ८.४ पीएस पावरका साथै ५ हजार आरपीएममा ८.७ एनएम टर्क उत्पादन गर्छ । यसमा फोर स्पीड कन्स्ट्यान्ट मेस ट्रान्समिसन र वेट मल्टी प्लेट टाइप क्लच दिइएको छ । 

ंिसंगल क्राडल ट्युबलर फ्रेम चेसिस लगाइएको बाइकको फ्रन्टमा टेलिस्कोपीक आयल ड्याम्प फ्रन्ट र रियरमा ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक एब्र्जर सस्पेन्सन दिइएको छ । फ्रन्टमा १३० एमएम र रियरमा ११० एमएमको ब्रेक दिइएको छ । बाइकमा १८ इन्चको ट्युबलेस टायर दिइएको कम्पनीले जनाएको छ ।

११२ किलोग्राम तौल भएको यस मोटरसाइकलको लम्बाई  २००६ एमएम, चौडाई ७०५ एमएम र उचाई १०७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम र ह्वीलवेश १२६५ एमएम रहेको कम्पनीले जनाएको छ । यसमा १० लिटर इन्धन अट्ने ट्यांकी लगाइएको छ । यसले प्रतिलिटर ६९ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

बाइकमा सुपर  स्ट्रङ बक्स आइरन चेसिस, कार बाइक स्पीडोमिटर, स्ट्रडी मेटल ब्युल्ट क्रोम एसेन्ट, यूएसबी चार्जिङ स्पट, स्टाइलिस पेट्रोल ट्यांकी, अनब्रेकेबल टर्न सिंग्नल माउन्टिङ, कन्भिनियन्ट अल गियर सेल्फ स्टार्टको विशेषता दिइएको छ । यसका साथै, क्रोम बेजल हेडल्याम्प दिइएको छ । 


Back_to_top