काठमाडौं । बजाजले केही समय अगाडिमात्रै १५० सीसी इन्जिनमा उपलब्ध पल्सर नियोन सार्वजनिक गर्याे । कम्पनीले यस अघिनै १२५ सीसीको पल्सर नियोनको बिक्री गर्दै आएको छ । स्पोर्टी लुकमा आएका यी मोटरसाइकलमा प्रिमीयम फिचर स्टाइल र आकर्षक पर्फेमेन्सको विशेषता दिइएको छ । यी दुइ मोटरसाइकलबिच फरक यस्तो छ ।
स्टाइल
बजाज पल्सर १२५, पल्सर १५० जस्तै लुकमा निर्माण भएको छ । यसमा पल्सर १५० दिइएको जस्तै हेलोजन हेडल्याम्प, पोजिशन ल्याम्प, समान प्रकारको सेमी डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर, सिंगल पिश सिटको विशेषता दिइएको छ ।
पल्सर १२५ यो रेन्जको सबैभन्दा आकर्षक मोडल हो । यसमा नियोन पल्सर लोगो, नियोन ग्राब रेल दिइएको छ । यो बाइक नियोन ब्ल्यु, सोलार रेड र प्लाटियम सिल्भर गरि तनि कलर अप्शनमा उपलब्ध छ ।
पल्सर १५० मा स्पोर्टी लुकको फ्रन्ट भिजर, मस्कुलर फ्युल ट्यांक, सार्पटेल सेक्शन दिइएको छ । यो बाइक पल्सर १५० नियोन, पल्सर १५० क्लासिक र पल्सर १५० ट्वीन डिस्क भेरियन्टमा बिक्री हुदै आएको छ ।
इन्जिन
बजाज पल्सर १२५ मा उपलब्ध सिंगल सिलिन्डर एयरकुल्ड डिटिएस आइ इन्जिनले ८हजार ५ सय आरपीएममा ११.८ बिएस पावरका साथै ६५ सय आरपीएममा ११ एनएम टर्क उत्पादन गर्छ । यस्तै , पल्सर १५० मा उपलब्ध सिंगल सिलिन्डर एयरकुल्ड डीटीएस आइ इन्जिनले ८ हजार आरपीएममा १४ पिएस पावरका साथै ६ हजार आरपीएममा १३.४ एनएम टर्कका उत्पादन गर्छ । पाँच स्पिड गियरबक्स लगाइएको यस मोटरसाइकलमा १५ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।
सस्पेन्सन/ब्रेक
यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा एडजस्टेबल निट्रोक्स सक याब्र्जर लगाइएको छ । पल्सर १२५ को फ्रन्टमा २४० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक लगाइएको छ ।
पल्सर १५० को रियरमा २४० एमएमको डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । यस्तै, पल्सर १२५ मा सीबीएस सिस्टम दिइएको छ भने, पल्सर १५० मा सिंगल च्यानल एबिएसको विशेषता दिइएको छ ।
मूल्य
पल्सर १२५ ड्रम ब्रेक भेरियन्टको मूल्य ६४ हजार भारतीय रुपैयाँ रहेको छ भने, डिस्क ब्रेक भेरियन्टको मूल्य ६६ हजार ६१८ रहेको छ । यस्तै बजाज पल्सर १५० ड्रम भेरियन्टको मूल्य ७१ हजार २ सय भारतीय रुपैयाँ र डिस्क भेरियन्टको ८८ हजार ८३८ भारतीय रुपैयाँ निर्धारण गरेको छ ।

