काठमाडौ । नुवाकोटको बुङताङबाट काठमाडौंको लागी हिडेको बस बिदुर नगरपालीका वडा नम्बर ९ लामाटारमा दुर्घटना ग्रस्त भएको छ ।
बिहान १० बजेर १५ मिनेट जाँदा उक्त बस दुर्घटना भएको हो । निकै डरलाग्दो गरि भएको दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् भने बाँकी सामान्य घाइते भएका छन् ।
बसमा कति यात्रु थिए भन्ने एकिन भैनसकेको स्थानिय सुवास कँडेल मोरोअटोलाई बताए । बस सडक भन्दा १०० मिटर तल पुगेको थियो ।


