१२ सय सीसी सेग्मेन्टका स्वीफ्ट, ग्रान्ड आई-१० र फिगोमा कुन वेस्ट

काठमाडौं । नेपाली बजारमा बिक्री–वितरण हुने मारुती सुजुकी स्वीफ्ट, हुन्डाई ग्रान्डआई–१० र फोर्ड फिगोमा कडा प्रतिस्पर्धा चलिरहेको छ । 

यी तीन मोडलमध्ये मारुती सुजुकी स्वीफ्ट नयाँ भर्सनमा बजारमा आएको हो भने हुन्डाई ग्रान्डआई–१० र फोर्ड फिगो पहिलादेखि नै बजारमा रहेका मोडल हुन् । यी कारको डायमेन्सनको तुलना गर्दा मारुती सुजुकीकको नयाँ स्वीफ्ट यस सेगमेन्टमा सबैभन्दा अग्लो र मोटो ह्याचब्याक हो । 

लम्बाईको मामलामा फोर्ड फिगो सबैभन्दा अगाडि रहेको छ भने, चौडाईमा स्वीफ्ट अगाडि रहेको छ । उचाईमा तीनवटै कारमा खासै भिन्नता छैन । 

ग्राउन्ड क्लिरियन्सको मामलामा फोर्ड फिगो अगाडि रहँदा स्वीफ्ट तेस्रो स्थानमा परेको छ । बूट स्पेशमा स्वीफ्टले बाजी मार्दा ग्रान्डआई–टेन र फोर्ड फिगो बराबरजस्तै रहेका छन् । 

कारको डायमेन्सन

डायमेन्सन

मारुती स्वीफ्ट

हुन्डाई ग्रान्डआई१०

फोर्ड फिगो

लम्बाई

३८४० एमएम

३७६५ एमएम

३८८६ एमएम

चौडाई

१७३५ एमएम

१६६० एमएम

१६९५ एमएम

उचाई

१५३० एमएम

१५२० एमएम

१५२५ एमएम

ह्वीलबेस

२४५० एमएम

२४२५ एमएम

२४९१ एमएम

ग्राउन्ड क्लिरियन्स

१६३ एमएम

१६५ एमएम

१७४ एमएम

बुस्ट स्पेस

२६८ लिटर

२५६ लिटर

२५७लिटर

इन्जिन

फोर्ड फिगोको पेट्रोल भेरियन्ट चारवटा रहेका छन् भने ग्रान्डआई–१० मा पाँच भेरियन्ट पाउन सकिन्छ । नेपाली बजारमा मारुती स्वीफ्ट भने दुई भेरियन्टमा मात्र उपलब्ध रहेको छ । पावर र टर्कको मामिलामा स्वीफ्ट र ग्रान्डआई–१० समान रहेका छन् भने फोर्ड फिगो केही अगाडि रहेको छ । यी तीनवटै कारमा अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ । 

पेट्रोल इञ्जिन

मारुती स्वीफ्ट

हुन्डाई ग्रान्डआई१०

फोर्ड फिगो

इञ्जिन

१.२ लिटर

१.२ लिटर

१.२/१.५ लिटर

पावर

८३ पीएस

८३ पीएस

१.२/८८ पीएस

टर्क

११३ एनएम

११३ एनएम

१.२/११२ एनएम

ट्रान्समिशन

५ स्पीड एमटी/एएमटी

५ स्पीड एमटी/४ स्पीड एटी

५ स्पीड एमटी/६ स्पीड ड्यूल

माइलेज

२० केएमपीएल

१९.७७ केएमपीएल

१८.१६/१७.० केएमपीएल

मूल्य

मूल्यको कुरागर्दा हुन्डाई ग्रान्डआई–१० तीनवटै कारहरूमध्ये सबैभन्दा सस्तो मूल्यको कार हो । यसको सुरुवाती मूल्य मारुती स्वीफ्टभन्दा निकै कम भए पनि फोर्ड फिगोकोभन्दा तीन हजार रुपैयाँमात्र कम रहेको छ । 

मूल्य

पेट्रोल (भारतीय रुपैयाँ)

मारुती सुजुकी स्वीफ्ट

२९ लाख ४९ हजार-३२ लाख ४९ हजारसम्म

हुन्डाई ग्रान्डआई१०

२६ लाख ९६ हजारदेखि ३३ लाख ९६ हजारसम्म

फोर्ड फिगो

२६ लाख ९९ हजारदेखि ३२ लाख ९९ हजारसम्म


Back_to_top