नेपाल र भारतका संस्था बीच सडक सुरक्षामा काम गर्ने सम्झौता

काठमाडौं । भारत लगायत दक्षिण एशियामा सडक सुरक्षा एवं जन चेतना फैलाउँदै आएको संस्था सेफ ड्राइभ इन्डिया र नेपालमा सडक सुरक्षा तथा चेतनामूलक कार्यमा जोडिँदै आएको दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुल बीच नेपालमा सडक सुरक्षा कार्यक्र संचालन गर्ने सम्झौता भएको छ ।

सेफ ड्राइभ इन्डियाका संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलकी निर्देशक मिना दहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार दुवै सस्थाले संयुक्त रुपमा नेपालमा सकड सुरक्षा तथा दुर्घटना नियन्त्रण सम्बन्धी जनसचेतानामूलक कार्यक्रा संचालन गर्नेछन् । यस प्रकारका कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने दुवै संस्थाका प्रतिनिधिहरूको विश्वास छ ।

विश्वमा दैनिक सरदर ३५०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । नेपालमा पनि यो तथ्यांक कहाली लाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै २२६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

सेफ ड्राइभ इन्डियाका संस्थापक सायामिन ट्राफिक नियमको ज्ञानमा कमी हुनु र ज्ञान भएकाले पनी इमानदारितापूर्वक पालना नगर्नाले ठूला दुर्घटना हुने गरेको बताउँछन ।

दादा ड्राइभिङ एण्ड सेफ्टी स्कुलकी निर्देशक मीना दहाल न्यौपाने आफ्नो संस्थाले सडक सुरक्षाका विषयमा काम गर्ने बताउँछिन् । आगामी दिनहरूमा विभित्र सरोकारवालाहरूसङ्ग मिलेर नेपालमा सडक सुरक्षा तथा जन चेतनाको कार्यक्रम संचालन गर्ने योजना रहेको उनले बताइन् ।

‘दुर्घटना न्यूनीकरण गर्न र एक जनाको मात्रै पनि ज्यान जोगाउन सके हाम्रो कार्यक्रम सफल हुन्छ,’ उनले भनिन् ।


Back_to_top