काठमाडौं । नेपाली बजारमा टीभीएस रोनिन थप नयाँ कलरमा उपलब्ध भएको छ ।
टीभीएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा रोनिन मिडनाइट ब्लू कलर सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त मोटरसाइकल ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले नाइमा अफर अन्तर्गत उक्त मोटरसाइकलमा १५ हजार रुपैयाँ नगद छुट दिने भएको छ ।
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २०.४ पीएस पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।

यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलईडी डीआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचर समेत उपलब्ध रहेको छ ।

