रोयल इनफिल्डले ल्याउने भयो २५० सीसीको सस्तो बाइक

काठमाडौं । केहि दिनअघि ४०० सीसी इञ्जिन क्षमताको हिमालयन एड्भेञ्चर टुर मोटरसाइकल सार्वजनिक गर्ने घोषणा गरेको रोयल इनफिल्डले पुनः २५० सीसी क्षमताको बाईक निर्माण गर्ने जानकारी दिएको छ । इसर मोटर लिमिटेडका प्रबन्धक तथा सीईओ सिद्धार्थ लालले कम्पनीको उत्पादकत्व अभिवृद्धि गर्ने योजनासहित दुई नयाँ प्लेटफर्मको विकास गरिएको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुस्ः यस्तो हुने छ रोयल इनफिल्डको ‘४०० कोब्रा’ डट बाइक

‘यो इञ्जिनले कयौं प्रडक्टको उत्पादनलाई बढवा दिनेछ । नयाँ उत्पादित प्रडक्टमा २५० देखि ७५० सीसी क्षमताका इञ्जिनको प्रयोग गरिनेछ । ती उत्पादित नयाँ ‘बाइक’ (मोटरसाइकल)लाई अर्काे वर्ष सार्वजनिक गर्नेछौं,’ लालले भने । 

इनफिल्डले हालै ४०० सीसी इञ्जिन क्षमताको मोटरसाइकल निर्माणबारे सनसनीपूर्ण जानकारी दिएको थियो । हाल, रोयल इनफिल्डलाई दुई नयाँ इञ्जिन प्लेटफर्म निर्माण गर्ने तयारी थालिएको छ । सीईओ लालले नयाँ प्लेटफर्ममा निर्माण हुने बाइक निक्कै स्पोर्टी र उत्कृष्ट हुने दाबी गरेका छन् । 

हाल यसको इञ्जिन आरएनडीको क्रममा रहेको छ भने आगामी वर्ष आउने रोयल्ड इनफिल्डमा ७५० कन्टिनेन्टल जिटी इञ्जिन प्रयोग गरिएको हुनेछ । २५० सीसी सेग्गमेन्टको बाइकमा प्रयोग गरिएको इञ्जिन निक्कै किफायती र उत्कृष्ट हुने लालको दाबी छ । नेपाली बजारमा यो बाइकको मूल्य ३ देखि ३ लाख ५० हजार रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ । 

विश्वको प्रतिष्ठित बाइक निर्माता कम्पनी रोयल इनफिल्डले हाल थन्डर वर्ड, क्लासिक, बुलेट र कन्टिनेन्टल जीटीजस्ता बाइक उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले नयाँ क्षमताको अभिवृद्धि तथा विकासका लागि चेन्नाई र बेलायतमा प्राविधिक विकास केन्द्र स्थापना गर्ने तयारी गरेको छ । कम्पनीले केन्द्रको विकासका लागि ५०० करोड लगानी गर्ने घोषणा गरेको छ ।


Back_to_top