रोयल इन्फिल्डका फ्यानहरुका लागी खुसीको खबर बाहिर आएको छ । बेला बेला लुक्सको बारेमा आलोचित भइरहेको रोयलइन्फिल्डले क्लासीक ३५० को आवरण तथा इन्जिनमा परिर्वतन गरेर ल्याएको छ । नयाँ रोयल इन्फिल्ड क्लासीक ३५० को टेष्टिङ चेन्नाइमा सुरु गरेको छ ।
हालको बाइकले भारतीय बजारमा २०२० अप्रिलदेखि लागुहुने प्रदुशण मापदन्ड पुरा गर्न नसक्ने रहेको कारण यसको इन्जिनमा समेत परिर्वतन गरिएको छ ।
यो बाइकको इन्जिन हालको ३४६ सीसीको छ वा छैन भन्ने आधिकारीक कुनै जनाकारी रहेको छैन् । यसको इन्जिनमा केही अपग्रेड गरिएको अनुमान गरिएको छ । यसले हालको बाइक भन्दा केहि बढि पावर जेनेरेट गर्छ । यसका साथै कम्पनीले २०२० प्रदुषण मापदण्ड अनुरुम यो इन्जिन निमार्ण गरेको छ । यसमा फ्रन्ट तथा रियरमा डिस्क ब्रेक दिइएको छ । रियरको ब्रेक बाइकको दाहिने तिर प्लेस गरिएको छ । साथै यो बाइकको चेन सेटअप समेत अपोजिट साइटमा प्लेस गरेको छ ।
यसमा अर्को देखिने कस्मेटीक अपडेट भनेको यसको सिट र ग्य्रावरेल हो । कम्पनीले यसको टेलल्याम्पलाई क्रोम बेजलका साथ नयाँ रुप दिएको छ ।
परिक्षणको क्रममा देखिएको यो बाइकको एक्जष्ट छोटो देखिएको छ । यो बाइक भारतीय बजारमा आगामी बर्ष सार्वजनिक हुने अनुमान गरिएको छ । यो बाइकले जाभा ४२ सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

