भोलिबाट बिक्री सुरू हुँदै रोयल इनफिल्ड गुरिल्ला, यस्ता छन् फिचर

काठमाडौं । रोयल इनफिल्डले आफ्नो बहु प्रतिक्षित मोटरसाइकल गुरिल्ला ४५० भोलि सार्वजनिक हुने भएको छ । कम्पनीले स्पेनको बार्सिलोनामा विस्वब्यापी रुपमा कार्यकक्रम आयोजना गरी गुरिल्ला ४५० मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

भोलि सार्वजनिक हुन लागेको गुरिल्ला ४५० मोटरसाइकल सिंगल र डवल टोन कलर अप्सनमा उपलब्ध हुनेछ । यसमा सर्कुलर एलइडी हेड्ल्याम्प, टेल ल्याम्प र आकर्षक फ्युल ट्यांक रहेको छ ।

नयाँ रेट्रो रोडस्टार सेग्मेन्टमा निर्माण भएको यस मोटरसाइकलमा सिंगल पिस सिट, सर्कुलर टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी, टर्न वाई टर्न नेभिगेसन छन् ।

त्यसैगरी, डवल डिस्क ब्रेकसंगै डवल च्यानल एबीएस, स्लीक एलईडी टर्न सिग्नलहरू, कम्प्याक्ट रियर सेक्शन, राइड मोड, स्वीचेवल ट्रयाक्सन कन्ट्रोल, एड्जस्टेवल क्लच र ब्रेक लिभर, राइड बाइ वायर थ्रोटल जस्ता फिचरहरु उपलब्ध हुनेछन् ।

त्यस्तै, यसमा १७ इन्चको ब्ल्याक अलोय ह्वील, ट्युवलेस टायर, कन्भेन्सनल टेलिस्कोपिक फ्रन्ट फर्क र अफसेट मोनोशक रियर सस्पेन्सन सेटअप पाउन सकिन्छ ।

गुरिल्ला ४५० मोटरसाइकलको लम्बाई २१३४ एमएम, चौडाई ८३४ एमएम, उचाई १११५ एमएम र ह्वीलबेस १४ ९१ एमएम रहेको छ । यो मोटरसाइकल इन्ट्री लेवल रोयल एनफिल्ड हन्टर भन्दा केवल दुई किलोग्राम मात्रै बढि भारी छ ।

रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी एफआई इन्जिन रहेको छ ।

उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै म्याक्सिमम पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्ससँगै स्ट्यान्डर्ड स्लीप र असिस्ट क्लच पनि उपलब्ध रहेको छ ।


Back_to_top