नयाँ हन्टरमा के के छन् नयाँ फिचर ?

काठमाडौं । रोयल इनफिल्डले आफ्नो लाइनअपको सबैभन्दा कम मूल्यको मोटरसाइकलमा हन्टर ३५० को अपडेटेड भर्सन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेट सहितको २०२५ मोडल हन्टर भारतीय बजारमा सार्वजनिक गरेको हो ।

नयाँ हन्टरमा कम्पनीले नयाँ सस्पेन्सन सेटअप, एलईडी लाइट नयाँ ह्याण्डलबार जस्ता अपडेट सहित ल्याएको हो ।

२०२५ को दुई भेरियन्ट बजारमा ल्याएको हो । कम्पनीले हन्टर ३५० रेट्रो र मेट्रो भेरियन्ट ल्याएको हो । रेट्रो भेरियन्टको मूल्य सबैभन्दा कम १ लाख ४९ हजार ९०० भारतीय रुपैयाँ (एक्स शोरुम चेन्नाई) रहेको छ । यसमा स्पोक ह्वील ट्युब टायर, फ्रन्टमा ३०० एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्याट्री रहेको छ । कम्पनीले यसमा फ्याक्ट्री ब्ल्याक कलर अप्सन मात्र उपलब्ध छ ।

त्यस्तै, मेट्रो भेरियन्टमा भने सिंगल टोन र डबल टोन गरी ५ कलर अप्सन रहेको छ । सिंगल टोन कलरमा रिओ ह्वाइट र डापर ग्रेको मूल्इ १ लाख ७६ हजार ७५० भारतीय रुपैयाँ रहेको छ । डबल टोन कलरमा रेबेल ब्लू, लण्डन रेड र टोक्यो ब्ल्याकको मूल्य १ लाख ८१ हजार ७५० भारतीय रुपैयाँ तोकिएको छ ।

मेट्रो भेरियन्टमा कम्पनीले रियरमा पनि २७० एमएमको डिस्क ब्रेक, अलोय ह्वील, नयाँ एलईडी हेडल्याम्प, नयाँ सिट, स्लिपर असिस्ट क्लच, नयाँ सस्पेन्सन सेटअप र ग्राउण्ड क्लियरेन्स वृद्धि गरिएको छ ।

२०२५ मोडल हन्टर ३५० मा कम्पनीले मोडल अनुसार टाइप सी चार्जिङ पोर्ट, ट्रिपर नेभिगेशन समेत दिएको छ । २०२५ मोडल हन्टर कम्पनीको पहिलो स्लिपर असिस्ट क्लच भएको ३५० सीसी मोटरसाइकल भएको छ ।


Back_to_top