काठमाडौं । आफ्नै लगानीकर्तादेखि उपभोक्ताको आलोचना खेपिरहेको टोयोटाले चीनमा निकै राम्रो बिक्री पाएको छ । कम्पनीको नयाँ मोडल ‘बीजेडथ्रीएक्स’ले उत्कृष्ट ब्यापार पाउने संकेत गरेको हो ।
ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)सँगको सहकार्यमा टोयोटाले बनाएको बीजेडथ्रीएक्स मोडल एक महिनामा १० हजार युनिट डेलिभरी गर्न सफल भएको हो । कम्पनीका अनुसार अझै बुकिङ गरेर बसेका १२ हजार ग्राहकलाई बीजेडथ्रीएक्स डेलिभरी दिन बाँकी छ ।
बीजेडथ्रीएक्सको बिक्रीका बारेमा जीएसी टोयोटाका बिक्री उपमहाप्रबन्धक पेङ बाओलिनले भने, ‘हामीले बलियो स्थानिय उत्पादनको रुपमा बजारमा प्रबेश गरेका छौं । निचियाँ ईभी बजारमा हाम्रो उत्पादनलाई उपभोक्ताले मन पराएका छन् । त्यसमा फ्रेस डिजाइनले पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
टोयोटाले चिनियाँ बजारलाई ध्यानमा राखेर एकपछि अर्को नयाँ उत्पादन बजारमा उतार्ने घोषणा गरेको छ । अहिले चलिरहेको सांघाई अटो शोमा पनि कम्पनीले बीजेड-५ र बीजेड-७ जस्ता मोडल प्रदर्शनी गरेको छ । त्यसमा बीजेड-५ को प्रिसेल्स नै सुरु भएको हो ।
बीजेडथ्रीएक्स ५ सिट क्षमताको एसयूभीमा मिनीमल डिजाइनमा तयार भएको इन्टेरियर छ । सुरक्षाका लागि एडास २.० लेभल दिइएको एसयूभीमा ठूलो साइजको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
यसको लम्बाइ ४५३९ एमएम, चौडाइ १८८७ एमएम तथा १६२५ एमएम छ । यसमा २७५० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
सिंगल ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभीमा ७१.४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसको रेन्ज ४५० किलोमिटर माथि रहेको छ ।
टोयोटाले बीजेडथ्रीएक्सको रियर ह्वील ड्राइभमा १५० किलोवाटको मोटर दिएको छ । यसको फ्रन्ट ह्वीमा ८० किलोवाटको मोटर छ, त्यसैले अल ह्वील ड्राइभको संयुक्त पीकपावर २३० किलोवाट छ ।
यसले १५० किलोवाटसम्मको डिसी चार्जर र ११ किलोवाटसम्मको एसी चार्जर सपोर्ट गर्नेछ ।

