काठमाडौं । रोयल इनफिल्डले नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले मेटीअर ३५० सार्वजनिक गर्ने भएको हो ।
अल्फा अटोमोटिभ्सले बुधबार मेटीअर ३५० सार्वजनिक गर्ने भएको हो । अल्फा अटोमोटिभ्सले ३ भेरियन्टमा मेटीअर ३५० सार्वजनिक गर्ने जनाएको छ । तीन भेरियन्टमा आउने २०२३ मोडल मेटीअर ३५० लाई १० कलर अप्सनमा ल्याउने भएको हो ।
मेटीअर ३५० मा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिने छ । उक्त इन्जिनले २०.४ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स उपलव्ध छ ।
डबल कार्डिल फ्रेममा बनेको यो मोटरसाइकलमा सेमिडिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । रेट्रो स्टाइल राउन्ड टेलल्याम्प, पछाडि ट्वीन सक एब्जर्बर दिइएको छ । अगाडि टेलिस्कोपिक फर्क दिइएको छ ।

डबल च्यानल एबीएससहित आउने यस मोटरसाइकल चेन ड्राइभ अप्सनमा उपलब्ध हुने छ ।
मूल्यका बारेमा कम्पनीले कुनै पनि आधिकारिक जानकारी बाहिर ल्याएको छैन । तर, ५ लाख ५० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँ हाराहारीमा यसलाई बजारमा उतार्ने हाम्रो अनुमान छ ।

