शनिबार रोयल इनफिल्डले बिक्री सुरु गर्दै नयाँ मोटरसाइकल, कति पर्ला मूल्य ?

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले आगामी शनिबार धनतेसरको दिन पारेर स्क्रयाम ४४० सार्वजनिक गर्ने भएको हो ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले स्क्रयाम ४४० को बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले आफ्नो सोसल मिडियामा एक टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल बिक्रीको लागि तयार रहेको जानकारी दिएको हो ।

कम्पनीले नेपाली बजारमा यसअघि स्क्रयाम ४११ बिक्री गर्दै आएको थियो । त्यसको उत्पादन बन्द गरेर कम्पनीले स्क्रयाम ४४० ल्याएसँगै नेपालमा सार्वजनिक गर्ने भएको हो । स्क्रयाम ४४० क्रसओभर एड्भेन्चर डिजाइनमा बनेको छ ।

स्क्रयाम ४४० मोटरसाइकलमा पहिले बजारमा रहेको स्क्रयाम ४११ को तुलनामा नयाँ हेडलाइट, पूरा नयाँ एलईडी लाइट, बल्की फ्युल ट्याकं, राउन्ड रियरभ्यू मिरर, नयाँ सिंगल पिस सिट, ट्वीक गरिएको नयाँ टेल सेक्सन, नयाँ इन्स्ट्रुमेन्ट कन्सोल र ट्रिपर नेभिगेसन पोड दिएको छ ।

कम्पनीले स्क्रयाम ४४० मोटरसाइकलमा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर र आयल कुल्ड, एसओएचसी इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम २४.४ बीएचपी पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

त्यसैगरी, यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक ट्राभल सस्पेन्सन सेटअप छ । दुबै टायरमा स्ट्यान्डर्ड डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस (स्वीचेबल रियर एबीएस) रहेको छ ।

यसको मूल्यका बारेमा कुनैपनि जानकारी बाहिर आएको छैन् । यसअघि कम्पनीले स्क्रयमा ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको थियो । स्क्रयाम ४११ र ४४० दुबै एकै ट्याक्स ब्राकेटमा आउने भएको कारण स्क्रयाम ४४० को मूल्य ७ लाख हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top