रोयल इन्फिल्डले आफ्नो दुर्इ पावरफुल बाइक लन्च गर्ने भएको छ । कम्पनीले जीटि ६५० र इन्टरसेप्टर ६५० नामक रोयल इन्फिल्ड बाइक लन्च गर्ने भएको हो ।
हालै यी बाइकहरु टेस्टिङको क्रममा भारतीय सडकमा देखिएका छन् । भारतीय बजारमा रोयल इन्फिल्ड बाइकको राम्रो पकड रहेको छ । साथै कम्पनीले यी दुई मोडल जीटि ६५० र इन्टरसेप्टर ६५० युरोपमा समेत पठाउने तयारी गरिरहेको छ ।
यी दुबै बाइक भारतको चेन्नाइ स्थित रोयल इन्फिल्डको प्लान्ट बनाइएको हो । यी दुबै बाइकलाइ कम्पनीले क्लासीक लुक्स दिएको छ ।
इन्टरसेप्टर ६५० को रोडसटर र कन्टिनेन्टल जीटि ६५० को क्याफे रेशर डिजाइनमा बनाइएको छ । उक्त दुबै बाइकमा डुअल क्रेडल, ट्युबल स्टिल फ्रेममा बनेको छ ।
६४८ सीसी इन्जिन क्षमता रहेको यी दुबै बाइकमा प्यारलल् ट्वीन, एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ७ हजार १ सय आरपीएममा ४७ बीपीएच पावर तथा ४ हजार आरपीएममा ५२ एनएम पिक टर्क जेनेरेट गर्छ ।
यी दुबै बाइकमा ६ स्पीडको गियर बक्स दिइएको छ । दुबै बाइकमा एन्टिलक ब्रेकिङ सिस्टम दिइएको छ ।

