पोखरामा रोयल इनफिल्डको नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । पोखरामा रोयल इनफिल्डले नयाँ भेरियन्ट हन्टर ३५० मोटरसाइकल सार्वजनिक गरेको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ भर्सन हन्टर ३५० बीएस ६ मोटरसाइकल पोखरामा बिक्री सुरू गरेको हो ।

काठमाडौंमा करिब दुई महिना अघिनै सिंगल टोन कलर र डबल टोन कलर गरि दुई भेरियन्ट सार्वजनिक गरिएको थियो । नयाँ २०२५ बीएस ६ भर्सनको सिंगल टोन कलर भेरियन्टको मूल्य ४ लाख ९४ हजार ९०० र डबल टोन कलर भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले पोखरामा नयाँ मोटरसाइकलको बुकिङ पनि खुलाएको छ । बीएस ४ मोडलको तुलनामा नयाँ बीएस ६ भेरियन्टमा अझै धेरै एड्भान्स र सुरक्षा फिचरहरू पाउन सकिन्छ । यो २०२५ को मोडल हो ।

रोयल इनफिल्डको जे सिरिज प्लेटफर्ममा निर्माण भएको नयाँ हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम २०।२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्सका साथै स्लिप एण्ड असिस्ट क्लच पनि पाउन सकिन्छ ।

ट्वीन डाउन ट्युब स्पीन फ्रेममा बनेको यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल ट्वीन सक एब्जर्भर रहेको छ ।

२०२५ भर्सन हन्टरमा बाइब्रीको ब्रेकिङसिस्टम, डबल डिस्कब्रेक, स्पोक ह्वील, ट्युबलेस टायर, डबल च्यानल एबीएस-सिंगल च्यानल एबीएस अप्सनल रूपमा दिइएको छ भने यसको रियर टायरमा ड्रमब्रेक भेरियन्ट पनि उपलब्ध छ ।

त्यस्तै, यसमा रेट्रो स्टाइल फिल दिने डिजिटल एनालग एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, ट्रीपर नेभिगेसन सिस्टम, एलईडी हेडलाइट, एलईडी टेलल्याम्प र टाइप सी फास्ट चार्जिङ पोर्ट दिइएको छ ।


Back_to_top