भारतले अटो उत्पादकहरुले नयाँ प्रदुषण मापदण्ड अनुसार बीएस ६ इन्जिनलाई अनिर्वाय बनाएसँगै नयाँ इन्जिनमा धमाधम मोटरसाइकल, कार तथा स्कुटरहरु सार्वजनिक हुन थालेका छन् ।
यसरी इन्जिन परिमार्जन गर्नु पर्ने भएसँगै कम्पनीहरुले आफ्नो उत्पादनको फेसलिफ्ट समेत सुरु गरेका छन् । यसै परिपेक्ष्यमा रोयल इन्फिल्डले आफ्नो ५०० सीसी सेग्मेन्टमा थन्डरर्वड, क्लासिक र हिमालयनलाई परिमार्जन गरिरहेको छ । कम्पनीले यी मोडलहरुको सडक परिक्षण गरिरहेको तस्विरहरु बेला बखत आइरहेका छन् ।
रोयल इन्फिल्डले इटालीको मिलानमा भएको इक्मा मोटरसाइकल शोमा हिमालयन मोडललाई सार्वजनिक गरेको थियो । उक्त मोटरसाइकलमा इन्जिनको अलावा मुख्यत दुई विशेष फिचर स्वीचेवल एबीएस र हजार्ड लाईटको प्रयोग गरेको थियो ।
यसमा दिइएको स्वीचेवल एबीएसले पहिलेको तुलनामा यात्रालाई थप सुरक्षीत बनाउने दाबी गरिएको छ । भने, यसमा दिइएको हजार्ड लाईटले खराव मौसमा समेत चालकलाई सुरक्षीत मोटरसाइकल चलाउन सहयोग पुग्ने छ ।
कम्पनीले ल्याउने नयाँ हिमालयनमा थप नयाँ कलर रक रेड, लेक व्ल्यू, र ग्राभेल ग्रेले निकै आकर्षण थप्ने जनाइएको छ । साथै, कम्पनीले थुप्रै अतिरिक्त एसोसोरिजहरु ल्याउने तयारी गरिरहेको छ ।
कम्पनीले यसमा ४११ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन दिने छ । यसले कति पावर प्रदान गर्छ भन्ने विषयमा अहिले केही खुलाईएको छैन ।
कम्पनीले यसमा अगाडि चक्कामा ३०० एमएम डिस्क ब्रेक र पछाडि चक्कामा २४० एमएम डिस्क ब्रेक दिइने छ ।

