काठमाडौं । रोयल इनफिल्ड हन्टर ३५० मोटरसाइकलको नयाँ भर्सन यसै साता सार्वजनिक हुने भएको छ ।
कम्पनीले पुरानो हन्टरको तुलनामा केही फिचरहरू अपडेट गरेर अप्रिल २६ तारिकमा भारतीय बजारमा नयाँ भर्सन हन्टर सार्र्वजनिक गर्ने भएको हो ।
अपडेटेड हन्टरमा थप नयाँ कलर स्कीमका साथै सस्पेन्सन सेटअपमा पनि परिवर्तन गरिएको छ । यसमा नयाँ एलईडी हेडलाइट र नयाँ बडी ग्राफिक डिजाइन राखिएको छ ।
नयाँ हन्टर ३५० अप्सन अनुसार डबल डिस्कब्रेकसँगै ड्रमब्रेक, सिंगल च्यानल र डबल च्यानल एबीएसमा उपलब्ध हुनेछ ।
हन्टरमा ३४९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०.४८ पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

