काठमाडौं । बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘०-५-१०’ अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहक केन्द्रीत अभियान ०-५-१० को घोषणा गरेको हो ।
साइमेक्सले ल्याएको यो अफर अन्तर्गत वैशाख महिनाभर बीवाइडीका गाडी बुक गर्ने ग्राहकले विशेष सुविधा पाउने छन् ।
कम्पनीका अनुसार ग्राहकले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ प्याकेज पाउने छन् । जसमा ग्राकहले लेबर चार्ज, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायत कन्जुमेबल पार्टसको कुनै शुल्क तिर्नुपर्दैन ।
कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार ५ वर्ष सम्मका सभिसिङ गराउँदा उक्त सुविधा पाउने भएका हुन् ।
त्यस्तै, ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी पाउने छन् । यो वारेन्टी नेपालको ईभी बजारमै सबैभन्दा धेरै रहेको कम्पनीको दाबी छ ।
यो विशेष योजना यही वैशाख ३१ गतेसम्म गाडी बुकिङ गर्ने ग्राहकको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ । यो नेपालमा उपलब्ध सबै मोडलमा लागू हुनेछ ।
साइमेक्स इंक प्रालिका नेसनल सेल्स हेड आशुतोष गौतमले ०-५-१० अभियान एउटा अफर मात्र नभई कम्पनीको प्रतिबद्धता प्रतिविम्ब भएको बताए ।
‘नयाँ वर्षमा पदार्पण गर्दैगर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौं । ०-५-१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरूलाई धन्यवाद दिन चाहन्छौं र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौं,’ उनले भने ।

