काठमाडौं । टीभीएसले नयाँ मोटरसाइकल सेप्टेम्वर ६ अर्थात् भदौ २० गते भारतमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले जारी गरेको टिजरका अनुसार नयाँ मोटरसाइकल आरआर ३१० को नेकेड भर्सन हो ।
कम्पनीले जारी गरेको टिजरमा ‘रेस्ट लेस टू प्ले’ लेखिएको छ । कम्पनीले अगष्ट २३ (भदौ ६) गते अर्को नयाँ इलेक्ट्रीक स्कुटर पनि सार्वजनिक गर्दैछ । एकपछि अर्को नयाँ र अपग्रेड भएका मोडल ल्याइरहेको कम्पनीलाई अपाचे आरआर ३१० को नेकेड भर्सनले प्रिमियम सेग्मेन्टमा बलियो बनाउने अनुमान गरिएको छ ।
यसअघि अपाचे आरआर ३१०को नेकेड भर्सन धेरैपटक परिक्षणमा देखिएको छ । टीभीएस अपाचे आरटीआर ३१० मा अल एलइडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्टका साथै कस्टोमाइज गर्ने अप्सन ‘टीभीएस ब्युल्ट टू अर्डर प्लेटफर्म’ मा आउने छ ।
अपाचे आरटीआर ३१० मा आरआर ३१० कै ३१२ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस तथा २७।३ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीडको गियरबक्सका साथ स्लिपर क्लच, स्पोट्स मोड, अर्वान, रेन र ट्रयाक मोड समावेश हुनेछ ।

