हुन्डाईको पीकअप सार्वजनिक, दुई इन्जिन अप्सनमा किन्न सकिने

काठमाडौं । हुन्डाईले आफ्नो पहिलो पीकअप सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२१ को अन्तिमसम्ममा यसलाई बजारमा विक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

हुन्डाईले पहिलो पटक सन् २०१५ मा नर्थ अमेरिकी अटो शोमा सार्वजनिक गरेको शान्ता क्रुज पीकअप कन्सेप्टभन्दा निकै फरक डिजाइन र फिचरमा बजारमा आउने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको शान्ता क्रुजमा दुई इन्जिन अप्सन उपलब्ध रहने छ । पेट्रोल इन्जिनमा आउने शान्ता क्रुजमा २.५ लिटर नेचुल स्पायर्ड र २.५ लिटर टर्बो इन्जिन रहने छ । यसमा रहेको नेचुरल एस्पायर्ड इन्जिनले अधिकतम १९० पीएस पावर र २४४ एनएम टर्क प्रदान गर्छ ।

यसको टर्बो इन्जिनले भने अधिकतम २७५ पीएस पावर र ४२० एनएम टर्क प्रदान गर्नेछ । म्यानुयल र अटोमेटिक गियरबक्समा उपलब्ध रहने छ ।

नेपाली बजारमा भने यो पीकअप सन् २०२२ मात्रै किन्न पाउने अनुमान गर्न सकिन्छ ।


Back_to_top