मेरोअटो मोटर र्‍याली आज हुँदै

काठमाडौं । सडक सुरक्षालाई केन्द्रमा राखेर मेरोअटो डटकमले आज शुक्रबार मोटर र्‍याली आयोजना गर्ने भएको छ । उक्त मोटर र्‍याली बानेश्वर मिनभवनबाट सुरु भई भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट हुँदै सिन्धुपाल्चोकको सुकुटेसम्म पुग्ने छ ।

यस र्‍यालीमा अटोमोवाइल, बैंकिङ, इन्स्योरेन्स र कर्पोरेट सेक्टरको सहभागितारहने छ । यस क्रममा ४० वटा कार र्‍यालीमा सहभागि हुने छन् ।

आयोजकले कोभिड १९ को कारण हरेक सहभागिलाई छुट्टा छुट्टै टेन्टमा बस्ने ब्यवस्था गरेको छ । साथै सुनकोशी वीचमा रहेको ठूलो क्षेत्रफलमा करिब ७० जनाको सहभागितामा यो कार्यक्रम सम्पन्न हुने छ ।


Back_to_top