काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब पौने तीन बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ गइरहेको लु ४३ प ४९३८ नम्बरको स्कुटर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४२४३ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार पश्चिम नवलपरासी सुनवल नगरपालिका १ का २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल-२ होक्सेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका उनीहरुको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


